जाडोमा बदाम खाँदा यस्तो फाइदा हुन्छ
काठमाडौं : जाडो याममा घाम ताप्दै बदाम खानुमा विशेष मज्जा हुन्छ। बदाम जति स्वादिलो हुन्छ, त्यसका फाइदा पनि त्यति नै छन्। बदाममा प्रशस्त मात्रामा प्राेटिन पाइने भएकाले सबै उमेर समूहका व्यक्तिलाई बदामबाट फाइदा मिल्छ। बढ्दाे उमेर समूहका बालबालिकाकालाई नियमित बदाम खुवाउँदा उनीहरुकाे मानसिक तथा शारीरिक विकासमा फाइदा पुग्छ । नियमित बदाम खाँदा निम्न फाइदा हुन्छ ।
– बदाममा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। जसले शारीरिक वृद्धिमा सहयोग गर्छ। प्रोटिनका लागि शाकाहारीले अण्डाको साटो बदाम खान सक्छन्।
–बदाममा एन्टी–अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ। जसले तनावलाई कम गर्न मद्दत गर्छ।
–बदाममा फोलेट नामक तत्व पाइन्छ।जो गर्भवती महिला र भू्रणका लागि फाइदाजनक छ।
–बदामले दिमागलाई तेजिलो बनाउन मद्दत गर्छ।
–बदाम खाँदा छाला नरम, चम्किलो र सुन्दर बन्छ।
- बढ्दाे उमेर समूहका केटाकेटीहरुलाई नियमित बदाम खुवाउँदा उनीहरुकाे शारीरिक तथा मानसिक विकास राम्राे हुन्छ।
- बदामकाे तेलले कपाल मालिस गर्दा कपाल झर्नबाट बच्छ ।