तपाईं कस्तो अभिभावक, अाफै थाहा पाउनुहाेस्
बच्चाहरूको व्यवहार उनीहरूको हुकाईमा आधारित हुन्छ। हरेक आमाबुवाले आफ्ना सन्तानलाई राम्ररी हुर्काउन चाहन्छन्। तपाईंले कुन किसिमले हुर्काउँदै हुनुहुन्छ त आफ्ना सन्तानलाई तल पढ्नुहाेस् ।
सहायक
यस किसिमको हुर्काइमा बच्चालाई स्वतन्त्रता दिइन्छ। पूर्ण विश्वास गरिन्छ। बच्चाको गतिविधिमा निगरानी राखिन्छ र ऊसँग समय बिताइन्छ। यस्तो किसिमको हुकाईमा बालबालिका आत्मविश्वासी र खुशी हुन्छन्।
कठोर
यस्तो हुर्काइमा स्वतन्त्रता हुँदैन। छोराछोरीमाथि विश्वास गरिन्छ पनि÷गरिन्न पनि। बच्चाहरूमाथि एकदमै निगरानी राखिन्छ। उनीहरूको हरेक गतिविधिमा ध्यान दिइन्छ। बालबालिकालाई नियममा बाँधेर राखिन्छ।
नम्र
यस हुर्काइमा छोराछोरीमाथि अत्यन्तै विश्वास गरिन्छ। यसमा कठोरपना हुँदै हुँदैन। बच्चासँग समय बिताइन्छ।