आमाले गरिन् आफ्नै छोरामाथि यौन दुर्व्यवहार
बेलायतको स्वानसी सहरनिवासी एक महिलाले आफ्नै बालख छोरोमाथि यौन हिंसा गरेको पुष्टि गर्दै त्यहाँको अदालतले उनलाई सजाय दिने फैसला सुनाएको छ। ब्वाइफ्रेन्डसँग मिलेर ती महिलाले छोरोमाथि यौनजन्य हिंसा गरेको अदालतको फैसलामा उल्लेख गरिएको छ। ‘आफ्नै छोरालाई जबर्जस्ती आफूमाथि यौन क्रियाकलाप गर्न लगाउने र नांगै भएर आफूसँग बसी सेल्फी खिच्न लगाउने काम ती महिलाले गरेको प्रमाणित भएको छ,’ समाचारमा भनिएको छ, ‘ब्वाइफ्रेन्डसँग मिलेर उनले छोरामाथि यौन दुव्र्यवहार गरेको उपलब्ध प्रमाणका आधारमा खुल्न गएको छ।’
पीडित पक्षबाट वकालत गर्ने अधिवक्ताहरूले अदालतमा एउटा भिडियो पेश गरेका थिए, जसमा बालकलाई खाटको छेउमा राखेर आमा र उनका केटासाथीले उसकै अगाडि सेक्स गरेको देखाइएको छ। ‘ओए केटो, हामीले सेक्स गरेको हेर्दै त छस् नि’ भनेर ती मानिसले बारम्बार केटालाई भनेको समेत भिडियोमा कैद भएको छ। उक्त भिडियो ती मानिस आफैँले खिचेका थिए। साथै, अन्य भिडियोमा ती बालकलाई जबर्जस्ती नांगै बनाएर आमाको गुप्तांगमा ‘सेक्स टोय’ छिराउन लगाई सेल्फी खिच्न लगाएको समेत देखाइएको छ।
ती व्यक्तिकी पूर्वप्रेमिकाले संयोगले ती भिडियो फेला पारेपछि बालकमाथि भएको यौनहिंसाको भेद खुलेको हो। अदालतले दुवै जनालाई लामो समयसम्म कारावास सजाय सुनाएको छ। कति वर्षको कारावास सजाय दिने भन्ने निक्र्योल चाहिँ अर्को सुनुवाइमा गरिने फैसलामा उल्लेख छ। पीडित बालकलाई सरकारी संरक्षणमा लिइएको छ। एजेन्सी