खाना पकाउँदा जान्नैपर्ने कुरा
–प्याजलाई छिटो भुट्न चाहनुहुन्छ भने त्यसमा केही दाना चिनी मिसाइदिनुहोस्। प्याज छिट्टै भुटिन्छ।
–लसुनका बोक्रा निकाल्दा अप्ठ्यारो भइरहेको छ भने लसुनलाई केही बेर पानीमा डुबाएर गलाउनुहोस्। यसो गर्दा लसुनका बोक्रा सजिलै निकाल्न सकिन्छ।
–अदुवा र लसुनको पेस्ट लामो समयसम्म ताजा राख्न त्यसमा अलिकति खाने तेल मिसाउनुहोस्।
–पकौडा पकाउँदा बेसनमा चामलको पिठो मिसाउनाले पकौडा खाँदा झुरुमझुरुम हुन्छ।
–प्याजलाई काट्नुअघि पानीमा डुबाउनुपर्छ। यसो गर्नाले प्याज काट्दा आँखा पोल्दैन।
–तातो आलु छिल्न गाह्रो भयो भने आलुलाई तातो पानीबाट निकालेर चिसो पानीमा हालिदिनुपर्छ। यसो गर्दा आलुको बोक्रा सजिलै निकाल्न सकिन्छ।
–भात पकाउँदा डढ्यो भने त्यसमाथि पाउरोटी राखिदिनुपर्छ। जसले गर्दा डढेको गन्ध हराउँछ।
–खुर्सानी काट्दा हातमा तोरीको तेल दले हत्केलामा जलन महसुस हुँदैन।
–आलु र प्याजलाई एउटै भाँडोमा राख्नु हुँदैन। आलु र प्याजलाई सँगै राख्दा आलु सड्छ।