‘मोबाइलले बच्चालाई समाजबाट टाढा लैजान्छ’

‘मोबाइलले बच्चालाई समाजबाट टाढा लैजान्छ’

‘बच्चा समाजका लागि हुर्काउने हो, टेक्नोलोजी वा स्मार्टफोनका लागि होइन’ भन्ने कुरा हरेक अभिभावकले बुझ्नु जरुरी छ। बालकालिकामा स्मार्टफोनले निम्त्याएको समस्या अहिले व्यापक हुँदै गइरहेको छ। जसको कारण उनीहरू घर–परिवार, आमाबुवा, साथीभाइ कोही नचाहिने भएका छन्। यो हेर्दा सामान्य जस्तो लागे पनि एकदमै डरलाग्दो समस्या हो। यो समस्या अहिले बच्चामा देखिए पनि यसको असर अन्ततः समाजमै पर्छ।

Mina-upreti

 मीना उप्रेती, समाजशास्त्री

केही समयअगाडि केटाकेटीले धेरै टिभी हेरे भनेर गुनासो आउँथ्यो। अहिले मोबाइल धेरै चलाए भनेर आउने गरेको छ। मुख्यतया आमाबुवाको व्यस्तताले यो समस्या निम्त्याएको हो। हामी ठूला मान्छेले  निरन्तर आधा घण्टा मोबाइल चलायो भने रिंगटा चल्छ। तर, आजभोलिका केटाकेटी घण्टौँघण्टा फोनमा बिताउँछन्। यस्तो लतले उनीहरूलाई समाज र परिवारबाट बाहिर लैजान्छ। प्रकृतिबाट टाढा लैजान्छ। एउटै कोठामा बसेर उनीहरू संसार खोज्न थाल्छन्। त्यसले उनीहरूलाई आवश्यकताभन्दा बढी महत्वाकांक्षी बनाइदिन्छ। पूरा नहुने सपना देखाइदिन्छ। उनीहरू वास्तविकबाट काल्पनिक दुनियाँमा पुग्छन्।

बच्चाहरू एकदमै संवेदनशील हुन्छन्। हामीले जस्तो बनायो, उनीहरू त्यस्तै हुन्छन्। स्मार्टफोनले बच्चाहरू स्मार्ट भएको जस्तो देखिन्छ। तर, त्यसो होइन। उनीहरूले त्यसको नक्कल मात्रै गरिरहेका छन्। अहिले सात÷आठ महिनाको बच्चाले नै स्मार्टफोनमा रेस्पोन्स गर्न थालेका छन्। जसको कारण पछि त्यही फोन उनीहरूका लागि रोग बन्न पुग्छ। स्मार्टफोनले क्षणिक मात्र नभएर दीर्घकालीन असरसमेत पु¥याउँछ।

स्मार्टफोनले बच्चाहरूमा समवेदना घटाउँछ। बालबालिका अहिले डरलाग्दा, आक्रामक र हिंसात्मक कुराहरू पनि सजिलै हेर्छन्। त्यसलाई सजिलै स्विकार्छन्। यसको मतलब भोलि समाजमा नराम्रो घटना घट्दा वा कोही अप्ठ्यारोमा पर्दा त्यसले उनीहरूलाई छुँदैन।

हामीले साना बालबालिकालाई ‘यो नगर/त्यो नगर’ भनेर त झन् भन्नु हुँदैन। त्यसले उनीहरूको विकासमा असर पुर्‍ याउँछ। त्यसको लागि हामीले हरेक कुरामा उनीहरूलाई अनुभव बटुल्न दिनुपर्छ। तर, त्यही अनुभव गर्ने साधनका रूपमा मोबाइल फोनलाई लिनु हुँदैन।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.