‘चालक पनि कति अप्ठ्यारा

‘चालक पनि कति अप्ठ्यारा

 

सरको घर कता पर्‍यो ?
गुल्मी जिल्ला धुकोर्ट गाविस।

जागिर खानुभएको कति भयो ?
ट्राफिक भएर काम गर्न थालेको दुई वर्षजति भयो।

यसअघि के गर्नुहुन्थ्यो ?
ब्याचलर्स पढ्दै थिएँ।

पढाइ कहाँ पुग्यो नि ?
अहिले पोलिटिकल साइन्समा मास्टर्स गर्दैछु।

फोर्समा कसरी आउनुभयो ?
ट्राफिक प्रहरीको ड्रेस अत्यन्त राम्रो लाग्थ्यो। अर्को कुरा, काठमाडौँमा ट्राफिक समस्या देखेर ट्राफिक प्रहरी बनेर केही गर्नुपर्छ भन्ने सोचले यतातिर डोर्‍यायो।

कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
काठमाडौँको सडकमा धुलोधुवाँ, साँघुरा बाटा, लेन अनुशासनलगायत अनेक समस्या छन्। तैपनि काम गर्दा सन्तुष्ट त हुनैपर्‍यो।

काम गर्न कत्तिको गाह्रो छ ?
जुन निकायले काम गर्नुपर्ने हो त्यसले समयमै नगर्ने। सडकमा जताततै खाल्डाखुल्डी र मर्मत–सम्भारको काम भइरहने हुँदा ट्राफिक व्यवस्थापन गर्न गाह्रो हुन्छ।

राति पनि काम गर्नुपर्छ ?
राति ७ बजेदेखि १० बजेसम्म ड्युटी पर्छ। कहिलेकाहीँ साढे ८ देखि १२ बजेसम्म पनि खट्नुपर्ने हुन्छ। जाडोमा चाहिँ राति काम गर्न गाह्रै हुन्छ।

पढाइ र कामका लागि कसरी समय मिलाउनुहुन्छ ?
कामले गर्दा कलेज नियमित गइँदैन। फुर्सदमा किताब पढ्छु। परीक्षा फारम भर्‍यो, परीक्षा दियो। यसरी नै मिलाएको छु।

यता कता बस्नुहुन्छ?
यहाँ अफिसमै बस्ने गर्छु।

चालक र ट्राफिकको सम्बन्ध कस्तो हुन्छ ?
चालक पनि फरक–फरक छन्। कोही नियममा गाडी चलाउँछन्, कोही अप्ठ्यारा पनि हुन्छन्। सम्झाइबुझाइ गरेर पठाउनुपर्छ। आफूले राम्रो व्यवहार गर्नुपर्छ।

ड्युटीमा के–के गर्नुहुन्छ ?
चोक–चोकमा पुग्ने, जाम भएको बेलामा जाम खुलाउने, दुर्घटना परेको बेलामा घाइतेको उद्धारमा खटिने, सबैलाई ट्राफिक नियम पालना गर्न सहयोग गर्ने...यस्तै–यस्तै काम त हुन् !

सडकको अस्तव्यस्तता हटाउन कसले के गर्नुपर्ला ?
सबैले सचेत हुनुपर्छ, ट्राफिक नियम सबैले मान्नुपर्छ। सडक बनाउने काममा सबै क्षेत्र मिलेर समन्वय गर्नुपर्छ। सडकको जिम्मा सबैले लिनुप¥यो। सडक सबैको हो भन्ने भावना आउनुपर्छ।

फुर्सदमा के गर्नुहुन्छ ?
पत्रपत्रिका पढ्छु। कहिलेकाहीँ फिल्म हेर्न गइन्छ।

प्रस्तुतिः अजवी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.