डाक्टरले यौन दुर्व्यवहार गरेः सिमोन
रियो ओलम्पिक २०१६ मा एथ्लेटिक्समा चार स्वर्णपदक जितेकी अमेरिकी जिम्न्यास्ट सिमोन बाइल्सले आफूमाथि यौन दुर्व्यवहार भएको दाबी गरेकी छिन्।अमेरिकी जिम्न्यास्टिक टिमका डाक्टर लारी नासरले आफूमाथि यौन दुर्व्यवहार गरेको सिमोनले आरोप लगाइन्।
रियो ओलम्पिकमा चम्किएकी उनले भावनात्मक वक्तव्य जारी गर्दै लारीले आफूमाथि यौन दुव्र्यवहार गरेको तथा आफ्नो प्रेम र खुशी खोसेको दाबी गरिन्। आफूले कहिले पनि लारीलाई क्षमा गर्न नसक्ने उनले वक्तव्यमा उल्लेख गरेकी छन्। २० वर्षकी सिमोनले आफूमाथि डरलाग्दो दुर्व्यवहार भए पनि त्यसले आफूलाई टुटाउन भने नसक्ने बताइन्।
स्वास्थ्य उपचारका क्रममा डाक्टर लारीले यौन दुर्व्यवहार गर्ने गरेको आरोप तीन पूर्व अमेरिकी ओलम्पियनले पनि लगाएका थिए। यसमा गाब्बी डोग्लस पनि एक छिन्, जसले सिमोनसँग टिम इभेन्टमा रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी थिइन्।
बालिकाको अश्लील तस्बिर खिचेको तथा यौन दुर्व्यवहार गरेको आरोपमा ६० वर्षको जेल सजाय भोगिरहेका लारीले सिमोनमाथि यौन दुर्व्यवहार गरेको पनि स्वीकार गरेका छन्। ५४ वर्षका लारीलाई गएको डिसेम्बरमा जेल सजाय सुनाइएको थियो। एजेन्सी