चमेरोको आक्रमणबाट बालकको मृत्यु

चमेरोको आक्रमणबाट बालकको मृत्यु

बाघ, भालु, चितुवा जस्ता हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु भएको सुन्नु अनौठो होइन। तर, अमेरिकी राज्य फ्लोरिडाका छ वर्षीय बालकको चमेरोको आक्रमणबाट मृत्यु भएको छ। केही दिनअघि फ्लोरिडानिवासी हेनरी रोकले एउटा बिरामी चमेरो फेला पारेका थिए। चमेरोलाई उनले एउटा बाल्टीमा राखे।

छेवैमा रहेको छोरो राइकरलाई ‘यसलाई नचलाउनू है’ भनेर केही बेरका लागि घरभित्र गए। बाबु नभएको मौका छोपी छोराले चमेरोलाई चलाएछन् र चमेरोले उनको हातमा चिथोरिदिएछ। ‘त्यसपछि मैले चमेरोले नङारेको ठाउँ धोइपखाली गरिदिएँ,’ हेनरीले भने, ‘अस्पताल लैजान खोजेको, डाक्टरले सुई हान्छन् भनेर छोरोले रोएर उत्पात मच्चायो। हल्का चिथोर्दैमा केही हुँदैन होला भनेर मैले पनि वास्ता गरिनँ। हेलचेक्य्राइँ गर्नु मेरो ठूलो भुल थियो।’

एक सातापछि बालकको हात सुन्नियो। टाउको दुखेर उनी ओछ्यान परे। अस्पताल लैजाँदा राइकरलाई रेबिज लागेको थाहा भयो। रेबिजकै कारण गत साता उनको मृत्यु भएको छ। चमेरोको टोकाइ अथवा चिथोराइबाट मानिसको मृत्यु भएको अक्सर नसुनिने भएकाले फ्लोरिडामा भएको यस घटनाले चमेरा बस्ने ठाउँका मानिस बढी सचेत रहनुपर्नेतर्फ सरकारी निकायले सबैलाई सचेत गराएको छ। एजेन्सी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.