फिल्मको प्रचारमा अर्पण गायब

फिल्मको प्रचारमा अर्पण गायब

काठमाडौं : टेलिभिजनमा नेपाली फिल्मको प्रोमो हेर्ने हो भने अर्पण थापाको अभिनय नरहेका फिल्म देख्न गाह्रो छ। एक छाडी अर्कोमा अर्पण देखिन्छन्। तर, जहाँ फिल्मको प्रमोसन गर्ने सवाल छ, त्यहाँ अर्पण हुन्नन् अर्थात्, फिल्म चाहिँ खेल्ने तर प्रचारप्रसारमा चाहिँ नहिँड्ने। पछिल्लो हप्ता अर्पण अभिनीत ‘फिर्के’ र यो हप्ता ‘बटरफ्लाई’ प्रदर्शनमा आए तर दुवै फिल्मको प्रचारमा अर्पण गायब !

अर्पण आफैँ निर्देशक हुन्। ‘आधा लभ’ बनाएका उनको अर्को फिल्म ‘सुनकेसरी’ प्रदर्शनको तयारीमा छ। उनले आफूले खेलेका फिल्मलाई बेवास्ता गरेझैँ उनको फिल्ममा अभिनय गर्ने कलाकारले पनि उनको फिल्मलाई मतलब नगर्ने हो भने अर्पणलाई कस्तो लाग्दो हो ?

कलाकार फिल्मको प्रचारमा देखिन नचाहनुको मतलब उसलाई त्यो प्रोजेक्टको मतलब छैन भन्नु हो। फिल्मको प्रचारमा नहिँड्ने अर्पणको निर्णयले पनि यही देखाउँछ कि उनलाई फिल्मको सफलता÷असफलतामा मतलब छैन। के अर्पणले फिल्म पैसाका लागि मात्र खेल्ने हो ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.