कुकुरले गोली हान्दा शिकारीको मृत्यु

कुकुरले गोली हान्दा शिकारीको मृत्यु

मानिसले गोली हानेर कुकुर मारेको समाचार बेलाबेलामा सुन्न पाइन्छ। तर, कुकुरले गोली हानेर मान्छे मारेको कतै सुन्नुभएको छ ? सुन्नुभएको छैन भने अब सुन्नुस्। रुसमा कुकुरले हानेको गोली लागेर सेर्गी तेरेखोभ नाम गरेका एकजना शिकारीको मत्यु भएको छ।

५३ वर्षीय सेर्गी पेशेवर शिकारी हुन्। गत साता उनी आफ्ना दुइटा कुकुरसहित रुसको सारातोभ क्षेत्रमा शिकार खेल्न भनेर गएका थिए। शिकार गर्न गएका उनी अन्ततः आफैं शिकार भए। त्यो पनि आफैँले लगेको कुकुरबाट।

सेर्गील शिकार गर्न भनेर एउटा राइफल लगेका थिए। शिकारमाथि प्रहार गर्न भनेर राइफलमा गोली लोड गरेर ठिक्क पारिएको थियो। त्यस्तैमा एउटा कुकुर उनीसँग चल्न खोज्यो र यसक्रममा उसले एउटा खुट्टाले पत्तै नपाइकन राइफलको ट्रिगर दबाइदियो।

ट्रिगर दबेपछि गोली छुट्यो र सेर्गीको कम्मरमा लाग्यो। उनी ठाउँको ठाउँ ढले। घाइते उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनको मृत्यु भयो। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.