यस्तो हुनुपर्छ दुलहादुलहीको पहिरन

यस्तो हुनुपर्छ दुलहादुलहीको पहिरन

काठमाडौं : बिहेका दिन हरेक दुलहादुलहीमा विशेष देखिने चाहना हुन्छ। आफ्नो त्यस चाहनालाई पूरा गर्न दुलहादुलहीले बिहेको परिहन छनोट गर्दा विशेष ध्यान दिनुपर्छ। बेल्ट, क्राउन, घुम्टी, थैली र मखमल जुत्ताको सेटमा दुलही निकै आकर्षक देखिन्छन्। आजभोलि ‘रिसेप्सन पार्टी’ मा दुलहीले लेहंगा लगाउने गर्छन्। दुलहाका लागि बिहेका दिन दौरा–सुरुवाल वा शेरवानी उपयुक्त पहिरन हो भने पार्टीमा कोट–प्यान्ट वा शेरवानी लगाउन सकिन्छ।

दुलहीले शरीरअनुसार पहिरन छनोट गर्नुपर्छ

–मोटा ज्यान भएका महिलाले बिहेमा ठूलो बोर्डर भएको सारी नलगाएकै बेस। त्यसको साटो पातलो बोर्डर भएको सारी छान्नुपर्छ।

–मोटो शरीरका महिलाले ब्लाउज सिलाउँदा घाँटीको डिजाइनमा विशेष ध्यान दिनुपर्छ। ठूला छाती भएका महिलाले ‘डिप भी’ सेपमा ब्लाउज सिलाउनुपर्छ। ‘बोट नेक’, ‘स्क्वायर नेक’, ‘डिप राउन्ड नेक’, ‘क्लोज नेक’ डिजाइनका ब्लाउज भरसक लगाउनुहुन्न।

–पाखुरा ठूलो हुनेहरूले पाखुरामा बुट्टा भएको ब्लाउज लगाउनु हुँदैन। त्यस्तै नेटको ब्लाउज पनि सकेसम्म नलगाउने। ब्लाउजको बाहुला क्वार्टरसम्मको बनाउने।

–कम उचाइ भएको वा हिप र पेट ठूलो भएकाहरूले ब्लाउजको लम्बाइ लामो राख्नुपर्छ। सिल्क फेब्रिक सकभर लगाउनु हुँदैन।

–पातलो ज्यानकी दुलहीले ब्लाउजको डिजाइन गर्दा हड्डी छोप्ने खालको डिजाइन गर्नुपर्छ। दुब्लोपातलोलाई धेरै ‘ओपन’ ब्लाउज सुहाउँदैन। ठिक्कको सुहाउनेजति ओपन ब्लाउज सिलाउनुपर्छ। ब्लाउजको पछाडिको भाग पनि धेरै ओपन नगर्ने।

–लेहंगा सिलाउँदा अमे्रला डिजाइनले सिलाउने। अम्रेला डिजाइनले पातलो ज्यानलाई केही मोटो देखाउन मद्दत गर्छ।

–दुलहीले फिक्का रङभन्दा गाढा रङ छानेको राम्रो।

–ह्यान्डवर्कमा चाहेको जस्तो लुक र डिजाइन दिन सकिने भएकाले रेडिमेटभन्दा ह्यान्डवर्क गरिएको ड्रेस छान्नुपर्छ।

दुलहाले ध्यान दिनुपर्ने कुराः

–शेरवानीलाई पनि दौरा–सुरुवालको ढाँचामा डिजाइन गरेर लगाउन सकिन्छ।

–दुलहीको ड्रेससँग मिल्ने रङ र बुट्टा छान्न सकिन्छ।

–पेट ठूलो भएका दुलहाले पेट लुकाउन पेट उठेकै भागमा बेल्ट लगाउनुपर्छ। पेटको माथिल्लो वा तल्लो भागमा बेल्ट लगाउँदा पेट झनै ठूलो र उठेको देखिन्छ।

–दौरा धेरै छोटो बनाउनु हुँदैन। घुँडाभन्दा अलिकति मात्र छोटो बनाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.