अभिलाषा भइन् ‘सुपर मोडल’
काठमाडौं : काठमाडौँमा सम्पन्न ‘द सुपर मोडल नेपाल– २०१८’ को उपाधि अभिलाषा शर्माले जितेकी छन्। फोटोजेनिक सबटाइटल पनि जितेकी उनले २५ हजार रुपैयाँ र विभिन्न उपहार पाइन्।
प्यासिफिक इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताको दोस्रो संस्करणमा फस्ट रनरअप देसना केसी र सेकेन्ड रनरअप साइरा घिमिरे भए। त्यस्तै, सुजाता खत्री मिस पर्सनालिटी, जिना तामाङ मिस बेस्ट वाक, सुस्मिता शाक्य मिस डिसिप्लिन, प्रनिशा पोखरेल बेस्ट फिगर र संस्कृति पौडेल मिस फ्रेन्डसिप घोषित भए।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतिस्पर्धामा सहभागीहरू आईआईएफटी बागबजारले तयार गरेको पहिरनमा प्रस्तुत भएका थिए।