यसरी गर्नुहोस् शिशु स्याहार
स–साना नानीबाबुको हेरचाहमा विशेष ध्यान दिनुपर्छ। नवजात शिशुलाई स्वस्थ र निरोगी राख्न अतिरिक्त स्याहारको आवश्यकता हुन्छ। शिशु स्याहार्दा ध्यान दिनुपर्ने कुराः
–नवजात शिशुको शरीरलाई छोपेर राख्नुपर्छ। बाहिरी तापमानअनुसार आफ्नो शरीरलाई ढाल्न शिशुलाई समय लाग्छ।
–प्रायः भोक लाग्दा र पिसाब फेरेर चिसो लाग्दा शिशु रुने गर्छन्। तर, यदि बच्चा निरन्तर रोइरहेको छ भने चिकित्सककहाँ लैजानुपर्छ।
–शिशुका लागि तेल मालिस आवश्यक छ। मालिसले बच्चाको हड्डी बलियो बनाउँछ। जन्मिएको १० दिनपछि तेल मालिस सुरु गर्नुपर्छ।
–आमाको दूध शिशुका लागि सर्वोत्तम आहार हो। बच्चालाई स्तनपान गराउनुपर्छ। स्तनपानले बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
–बच्चालाई केही बेर घाममा राख्नुपर्छ। नवजात शिशुलाई कपडाले छोपेर घाम तपाउनुपर्छ।
–बच्चालाई छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ। छ महिनापछि ठोस आहार दिन सकिन्छ। तर, बच्चालाई पच्न गाह्रो हुने खानेकुरा दिनु हुँदैन।