यस्ताे फाइदा हुन्छ हरियो प्याज खाँदा
हरियो प्याज शरीरका लागि एकदमै फाइदाजनक छ। यसमा फाइबर, पोटासियम, म्याग्नेसियम, भिटामिन बी आदि पाइन्छन्।
–हरियो प्याजमा एन्टी–ब्याक्टेरियल र एन्टी–भाइरल तत्व हुन्छन्। जसले शरीरलाई भाइरल इन्फेक्सनबाट बचाउँछ।
–हरियो प्याज खानेलाई रुघाखोकी र साससम्बन्धी समस्याले त्यति सताउँदैन।
–भोक नलाग्ने समस्या भएकाहरूका लागि पनि हरियो प्याज लाभदायी छ। यसले भोक बढाउन मद्दत गर्छ।
–हरियो प्याजले पाचन क्रियामा सुधार ल्याउँछ।