मधेस आन्दोलनका सहिदको फोटो नराखेको भन्दै पहिलो बैठकमै बबाल
जनकपुरः पटक पटक भएका मधेस आन्दोलनका क्रममा मारिएका नागरिकको तस्बिर नराखेको भन्दै २ नम्बर प्रदेश सभाको पहिलो बैठकमा राष्ट्रिय जनता पार्टीका सांसदहरुले विरोध जनाएका छन् ।
सभामुखको आशन भन्दा पछाडिको भित्तामा मधेस आन्दोलनका सहिदहरुको तस्बिर नटाँगिएको भन्दै राजपाका सांसदहरुले सभामुखले बैठक सुरु गर्ने वित्तिकै उठेरा विरोध जनाएका थिए ।
राजपासहितका दलका सांसदहरुले मधेस आन्दोलनका सहिदको फोटो सभामुख आशनको माथि नराखेसम्म बैठक अवरुद्ध गर्ने चेतावनी दिए हुन् ।
त्यसपछि सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य लगनलाल चौधरीले कर्मचारीहरुलाई अर्को बैठकदेखि मधेस आन्दोलनका सहिदको तस्बिर राख्न आदेश दिएका छन् । उनको आदेशपछि बैठक चलिरहेको छ । तर राजपासहितका दलका सांसदहरुले नियमापत्ति भने गरिरहेका छन् ।