अनुगमनप्रति नाडाकाे असन्तुष्टी
काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयात गरी कारोबार गरिरहेका सवारी साधनहरुको मुनाफासम्बन्धी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट अनुगन गरिएको प्रति असन्तुष्टि जनाएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणले नाडाले कालोबजारी ऐन २०३२ विपरित काम गरेको भन्दै अनुगमन गरेको हाे।
नेपालमा आयात हुने सवारी साधनमा लाग्ने भन्सार, अन्तशुल्क, मूल्य अभिवृद्धिकरलगायत राजश्व तिरी कारोबार गर्दै आएको नाडाले विज्ञप्ति उल्लेख गरेको छ। आर्थिक ऐनअनुसार बिक्री मूल्य चार/ चार महिनामा प्रकाशित गरी सरोकारवालाई जानकारी गराउँदै आएकोसमेत नाडाले बताएको छ।
लगभग १ खर्बको राजश्व तिर्दै आएको नाडाले आफ्ना कुनै पनि सदस्यहरुले मुनाफाकै कारणले कालोबजारी र ठगी नगरे बताउँदै आफ्ना ग्राहकलाई विश्वस्त हुन अनुरोध गरेको छ।