बिहेमा कसरी सजिने, यस्ताे छ ब्‍युटिसियनको टिप्स

बिहेमा कसरी सजिने, यस्ताे छ ब्‍युटिसियनको टिप्स

 

काठमाडौं : बिहेमा हरेक दुलही सुन्दर देखिन चाहन्छिन्।मेकअप, हेयर स्टाइल र मेहदीबिना त्यो सम्भव छैन। त्यसैले मेकअप गर्दा छालालाई, हेयर स्टाइल गर्दा कपाललाई ध्यानमा राख्नुपर्छ। यदि मेकअप र हेयर स्टाइल अनुहार सुहाउँदो भएन भने जीवनको अविस्मरणीय क्षण खल्लो बन्न सक्छ।

मेकअप

–बिहेको दुई/तीन दिनअघि फेसियल गर्नुपर्छ।

–बिहेको केही दिनअघिदेखि गोलभेँडाको फेस प्याक बनाएर लगाउन सकिन्छ। यसले अनुहारमा चमक ल्याउँछ।

–दागधब्बा भएको अनुहारको छालालाई कन्सिलर लगाएर छोप्न सकिन्छ।

manju-pande 

मञ्जु कार्की पाण्डे, ब्युटिसियन 

–बिहेमा प्राय हेभी मेकअप गरिन्छ। डन्डीफोर, चायापोतो अथवा दागधब्बा भएको रफ स्किन हुनेहरूमा हेभी मेकअप सुहाउँदैन। उनीहरूले साधारण मेकअप गरेको राम्रो।

–आँखाको मेकअपमा विशेष ध्यान दिनुपर्छ। आँखाको मेकअपले दुलहीलाई थप सुन्दर देखाउँछ। गाजल लगाउँदा आँखाको आकारअनुसार थोरै÷धेरै कोस तानेर लगाउन सकिन्छ।

–आइस्याडो सारीको रङअनुसार मेल खाने हुनुपर्छ।त्यसमा अन्य रङको आइस्याडोले हाइलाइट गर्न सकिन्छ।

–ओठको मेकअप गर्दा त्यसको आकारमा ध्यान दिनुपर्छ। आउटलाइनरको सहायताले ओठलाई अनुुहार सुहाउँदो सेप दिन सकिन्छ। सुरुमा लिपबाम लगाएर हल्का रङको आइस्याडो लगाउने र लिपिस्टिक लगाउने। यसले ओठको मेकअपलाई लामो समयसम्म टिक्न मद्दत गर्छ।

–अनुहारलाई उपयुक्त आकारमा ल्याउन ठाउँ–ठाउँमा कन्ट्रोलरले हाइलाइट गर्नुपर्छ।

–अन्त्यमा मेकअप फिक्सर गरेर टचअप गर्न बिर्सिनु हुँदैन।

हेयर स्टाइल

–छोटो कपाल भएकी बेहुलीले हेयर एक्सटेन्सनको सहायता लिन सक्छिन्।

–दुलहीले जुरो बनाउँदा नै राम्रो देखिनछ। जुरो बनाउँदा बेहुलीको हाइट र अनुहारको सेपलाई ध्यान दिनुपर्छ। अग्ली बेहुलीका लागि होचो खालको जुरो बनाउनुपर्छ र धेरै पफ उठाउनु हुँदैन। होची बेहुलीका लागि जुरोको हाइट बढाएर पफ उठाउनुपर्छ। यसले हाइट राम्रो देखाउन मद्दत गर्छ। जुरो बनाउँदा सिन्दुर हाल्ने ठाउँ छोड्नुपर्छ।

मेहदी

–बेहुलीले हातखुट्टा भरिने गरी मेहदी लगाउँदा राम्रो देखिन्छ। मेहदी बिहेको अघिल्लो दिन लगाउनुपर्छ, धेरैअघि लगाउँदा मेटिने, बिग्रिने वा रङ खुइलिने गर्छ। मेहदी सुकेपछि चिनी र कागतीको रस लगाउनाले रङ गाढा बस्छ। मेहदी सुक्नासाथ हात पखाल्नु हुँदैन। नत्र, रङ गाढा बस्दैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.