जानीराखौं : अनारका बोक्राबाट यस्तो फाइदा हुन्छ
स्वस्थ शरीरका लागि अनार एकदमै लाभदायक छ। यसमा फाइबर, भिटामिन सी, के, ए, ईलगायत पाइन्छन्। अनारका दाना त लाभदायी छन् नै, त्यसको बोक्रा पनि त्यति नै फाइदाजनक हुन्छ। अनारको बोक्राले छालालाई कसिलो बनाउन र चाउरीपना हटाउन मद्दत गर्छ। त्यसैले अनारका बोक्रा फ्याँक्नुभन्दा प्रयोग गर्नु राम्रो हुन्छ ।
–अनारका बोक्रालाई सुखाएर पिस्नुपर्छ। यसको धुलोले अनुहारमा मालिस गर्दा ब्ल्याक हेड्स, ह्वाइट हेड्स तथा मृत कोशिका हटेर जान्छन्।
–घामले डढेको छालाका लागि पनि अनारको बोक्राको धुलो अति उत्तम हो। त्यस धुलोमा मह मिसाई पेस्ट बनाउनुपर्छ र अनुहारमा लगाउनुपर्छ। यसो गर्दा अनुहारको छाला सफा र चम्किलो बन्छ।
–अनारको बोक्राको धुलोमा दही मिसाई पेस्ट तयार पार्ने। यो पेस्ट अनुहारमा लगाउँदा छाला नरम र चम्किलो बन्छ।
–अनारको बोक्राको धुलोमा बेसन, दही मिसाएर लगाइयो भने डन्डीफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ।
–अनारले बोक्राको धुलोलाई फेस प्याकका रूपमा पनि प्रयोग गर्न सकिन्छ।
–अनारका बोक्राबाट बनेको प्याक सुक्खा कपालका लागि एकदमै फाइदाजनक छ। सुक्खा कपाललाई यसले प्राकृतिक रूपमा नरम बनाउँछ।