यसरी मनाउँदैछन् प्रियंका र आयुष्मान पहिलो भ्यालेन्टाइन्स डे
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले केही फिल्म र म्युजिक भिडियोमा सँगै अभिनय गरेका छन्। उनीहरू ‘रिल'का भन्दा बढी ‘रियल'का जोडी हुन्।करिब एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू यस पटक पहिलो भ्यालेन्टाइन्स डे मनाउँदैछन्।उनीहरूसँग गोपाल दाहाल र जयन सुब्बा मानन्धरले खुलस्त संवाद गरेका छन्।
‘प्रियंका स्ट्रेट फर्वार्ड छिन्' : आयुष्मान
प्रियंकासँगको कसरी भेट भयो ?
हाम्रो भेट फिल्ममा जस्तो ड्याङ्ग गरेर एक्कासि भएको होइन।हामी सानोमा एउटै स्कुलमा पढेका हौँ।
स्कुलदेखिकै साथी हो तपाईंहरू ?
साथी होइन। उनी मभन्दा ठूली थिइन्।
कति कक्षाको फरक थियो स्कुलमा ?
म ५ पढ्दा उनी १० कक्षामा पढ्थिन्।हाम्रो उमेरमा पनि पाँच वर्षकै फरक छ।
कसले पहिला प्रेम प्रस्ताव गर्यो ?
त्यो त यादै छैन। जे होस् भेट्दा कहिले पनि अप्ठ्यारो हुँदैनथ्यो। भेटघाट भयो भने हेल्लो हाई, के कस्तो छ भनेर बोलिन्थ्यो।हामी खासमा एकअर्कालाई प्रपोज गरेर सँगै भएको होइन।अहिलेसम्म हामीले प्रपोज गरेकै छैनौँ।
भनेपछि, कसरी प्रेम भयो, थाहै भएन?
किन भयो, कसरी भयो,कता भयो भन्ने सोच्न थाल्यो भने सीमित हुँदोरहेछ।दिनका दिन नयाँ होस् न प्रेम त !
प्रियंकाको के कुराले आकर्षण गर्यो ?
आकर्षण त पहिलादेखि नै थियो।सुरुमा उनको पर्सनालिटी, कामप्रतिको लगाव मन पथ्र्यो। म पनि त्यस्तै किसिमको मान्छे हुँ।हाम्रो ट्युनिङ पनि मिल्यो।
प्रियंकाको कुन बानी मन पर्छ, कुन मन पर्दैन ?
उनी स्ट्रेट फर्वार्ड छिन्।सीधा कुरा गर्छिन्, घुमाउँदिनन्। उनको यो बानी मलाई असाध्यै मन पर्छ। समयमा नखाने उनको बानी चाहिँ मन पर्दैन।
विवाह कहिले गर्ने योजना छ ?
जब हामीलाई राइट टाइम लाग्छ, त्यतिबेला गर्ने।विवाह भनेको ठूलो निर्णय हो।
प्रियंकाको त तीनचार वर्षमा गर्ने भन्ने कुरा छ नि ?
अहिलेदेखि किन डेट तोक्नु ? दुईजनाको प्लानिङ त छ तर ठ्याक्कै यो वर्ष गर्ने भन्ने त्यस्तो योजना छैन।
परिवारको सुझाव चाहिँ के छ ?
निर्णय गर्ने कुरा हाम्रै हातमा छ। प्रेम, सम्बन्ध र विवाह जस्ता मामिलामा परिवार, समाज वा कसैले पनि बोल्ने वा हस्तक्षेप गर्ने कुरा हुँदैन।
तपाईंहरूको पहिलो भ्यालेन्टाइन्स डे कसरी मनाउँदै हुनुहुन्छ ?
खास त्यस्तो योजना छैन।
एक्साइटेड हुनुहुन्न ?
त्यस्तो धेरै एक्साइटेड छैन। यो त एक दिनका लागि मात्र हो, म दिनका दिन सेलब्रेट गर्न चाहन्छु। मेरा लागि सधैं भ्यालेन्टाइन्स डे हो।
प्रियंकाको कति माया लाग्छ ?
माया नाप्न सकिन्छ र ?
प्रियंकाले के गरेको बढी मन पर्छ ?
उनी व्यस्त मान्छे। मलाई टाइम दिएको मन पर्छ।
उहाँसँगको अविस्मरणीय कुनै क्षण सम्झिनुपर्दा ?
कति हो कति ! त्यसमा पनि सुरुमा हामी दुई सँगै भयौँ भन्दा मान्छेले मुभीको प्रचारका लागि भने जबकि हामी प्रेममा थियौँ।त्यो क्षण चाहिँ अहिले पनि सम्झिएर हास उठ्छ।
गीत पनि गाउनु हुँदो रहेछ।प्रियंकाका लागि कुनै लभ सङ गाउनु भएको छ ?
दुई जनाले सँगै गाएर युट्युबमा पनि राखेका छौँ।कहीँ दुई जनाले गाउनुपर्यो भने त्यही गीत ‘माया त माया हो' गाइदिन्छौँ। उनका लागि कविता पनि लेखेको छु।
तपाईंहरूबीच उमेरमा पाँच वर्ष फरक छ। उमेरले प्रेममा कुनै फरक पर्छ कि पर्दैन ?
पर्दैन। उमेर होइन, मान्छे बुझिदिने हुनुपर्छ। फिलिङ्स बुझ्नुपर्छ। उमेरले मान्छेलाई डिफाइन गर्ने होइन, उसको सोचले गर्ने हो।
दुवै जना दुःखी भएको क्षण छ कुनै ?
किन नहुनु ? हामी त रुन्छौँ पनि। मै बढी रोएको हुँला।
मिडियामा बेलाबेला तपाईंहरूका नेगेटिभ कुरा पनि आउँछन्। त्यस्तो बेला कस्तो लाग्छ ?
दुःख लाग्छ नि। नेगेटिभ भनेको चिजै नेगेटिभ हो। तर, हामीलाई नेगेटिभले छुँदैन।
‘आयुष्मान हजुरबा जस्ता लाग्छन्' : प्रियंका
प्रेम भनेको के हो जस्तो लाग्छ ?
जसरी मान्छेले प्रेमलाई ठूलो कुरा बनाउँछन्, मेरा लागि प्रेम त्यस्तो ठूलो कुरा होइन।यो हृदयबाट निस्किने चिज हो।यो परिवार, साथी, घरपालुवा जनावरदेखि आफूलाई मन पर्ने लुगासँग पनि हुनसक्छ।
उहाँसँग कसरी प्रेममा परियो ?
भेट भइरहन्थ्यो।तर, कुनै प्वाइन्टमा देख्नेबित्तिकै लभ परेको होइन।
आयुष्मानको के कुराले आकर्षित गर्यो ?
केटी मान्छेलाई एकदमै रेस्पेक्ट गर्ने जेन्टलम्यान हुन् उनी। उनको यही बानी मन प¥यो। यही कुराले तान्यो।
सँगै गीत पनि गाउनुभएको थियो नि पहिला ?
सँगै गायौँ, भिडियो गर्यौँ तर त्यतिबेला लभ परेको थिएन।उनले पहिलादेखि गाउँछन् भन्ने मलाई थाहा थियो।त्यसपछि मैले नै सँगै गीत गाऊँ भनेको हो।त्यसो गर्दागर्दै नजिक भइयो।
प्रेम चाहिँ कसरी भयो त ?
उनले मलाई एक साँझ डिनरको प्रस्ताव गरे। उनकी मम पनि हुनुहुन्थ्यो। त्यो बेला हामीले धेरै कुरा सेयर गरेका थियौँ।हाम्रो सोच मिल्दोरैछ भन्ने लाग्यो। र, निकटता बढ्दै गएपछि प्रेम भयो।
पहिलो डेटिङ कहिले र कहाँ जानुभयो ?
हलमा ‘बद्रीनाथ की दुल्हनियाँ' फिल्म चलिरहेको थियो। मैले दुई चोटि हेरिसकेकी थिएँ। च्याट गर्दैगर्दा आयुष्मानले ‘फिल्म हेर्न जाने भनेको साथी नै भेटिएन, तिमीले हे¥यौ ?’ भनेर सोधे। मैले ‘छैन’ भनेँ। त्यसपछि फिल्म हेर्न गयौँ।
आयुष्मानका मन पर्ने र नपर्ने कुरा केके हुन् ?
उनको बानी–व्यहोरा,पोलाइटनेस मन पर्छ।मभन्दा पाँच वर्ष कान्छा छन्, तर पचास वर्षको मान्छे जस्तो परिपक्व छन्। उनी साँच्चै म्याचुअर छन्।मलाई धेरै कुरा सम्झाउँछन्, मानौँ उनी मेरा हजुरबुबा हुन्। मन नपर्ने कुरा त खासै छैन।उनले गाडी चलाएको बेला कोही बोल्यो भने रिसाउँछन्। उनको यो बानी अलि मन पर्दैन।
दुई जनाले बिताएकामध्ये सम्झिरहने कुनै पल ?
हामी रिलेसनसिपमा भएपछि पहिलो पटक पोखरा गएका थियौँ।बिनायोजना, एजेन्डा बिताएको त्यो पाँच दिन खूब सम्झिरहन्छु। फुल टाइम एकअर्कालाई हेरेर, कुरा गरेर बस्यौँ।
विवाह चाहिँ कहिले गर्ने ?
हाम्रो एउटा प्लानिङ त छ तर यही मिति भनेर तोकिएको छैन। हामी दुवैका परिवार पनि खुशी हुनुहुन्छ हामीदेखि।अब हामीले विवाह गर्ने भनेको स्ट्याम्प लगाउने जस्तो मात्र हो।तर, त्यो समय अर्कै किसिमको फिल हुन्छ।त्यस्तै तीनचार वर्षभित्र हाम्रो विवाह हुन्छ सायद।
पहिलो भ्यालेन्टाइन्स डे कसरी मनाउँदै हुनुहुन्छ ?
कम्बोडियामा रमाइलो गरेर मनाइन्छ।
तपाईंहरूबारे विभिन्न गसिप आउँछन् बेलाबेला।कस्तो लाग्छ?
मलाई त खासै फरक पर्दैन।हामीले नराम्रो काम गर्दा आयो भने पो मैले गल्ती गरेँ भनेर नराम्रो लाग्नु।कसैले गसिप उडाउँछ भने उडाइराखोस्।
याे पढ्नुहाेस्