‘लिभ–इन रिलेसनसिप'मा ध्यान दिनुपर्ने कुरा
लिभ–इल रिलेसनसिपमा वयस्क महिला र पुरुष आपसी सहमतिमा बिहे नगरीकन बस्छन्। आजभोलि शहरमा धेरै जोडी लिभ–इन रिलेसनसिपमा बस्छन्।
–कुनै व्यक्तिसँग लिभ इन रिलेसनसिपमा बस्दै हुनुहुन्छ भने पहिला पार्टनरबारे राम्ररी जानकारी लिनुपर्छ। त्यसका लागि केही समय साथी बनेर एकअर्काबारे बुझ्नुपर्छ।यसबारे महिलाहरूले विशेष गरी चनाखो हुनुपर्छ। पुरुष मित्रलाई राम्ररी चिन्न र बुझ्नुपर्छ। कुनै कुरामा सन्देह लाग्छ भने सम्बन्धबाट टाढिएकै राम्रो !
–बढ्दो महँगीले शहरको जीवनशैलीलाई महँगो बनाएको छ। त्यसैले लिभ–इन रिलेसनसिपमा बस्नुअघि खर्चको बराबर बाँडफाँड गर्ने कुरामा स्पष्ट हुनुपर्छ। किनकि, पछि पैसाले गर्दा पनि पार्टनरबीच मनमुटाव हुनसक्छ।
–लिभ–इन रिलेसनसिपमा रहँदा मानसिक र भावनात्मक रूपले बलियो हुनुपर्छ। बसेपछि आफूलाई पार्टनरका कतिपय बानी मन नपर्न सक्छन्, यस्तै पार्टनरलाई तपाईंका केही बानी मन नपर्लान्। यस्तो अवस्थामा कुराकानी गरेर समस्याको समाधान निकाल्नुपर्छ।
–सँगै बसेपछि सम्बन्ध राम्ररी निर्वाह भइराखेको छैन भने टाढिनु नै राम्रो ! कतिपय मानिसको व्यवहार नजिकिएपछि परिवर्तित हुन थाल्छ। यदि आफूलाई केही कुरा गलत लाग्छ भने टाढिन तयार रहनुहोस्। विपरीत परिस्थितिबाट बच्न पहिला नै विकल्पको खोजी गर्नुहोस्।