पारस खड्काको पाँच छक्का : ८० रन बनाए
काठमाडौं : नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तरगतको अन्तिम खेलमा नेपाल नेपालका कप्तान पारस खड्काले पाँच छक्का प्रहार गरेका छन् ।
युएईले दिएको २७८ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारस खड्काले पाँच छक्का र तीन चौकाको मद्दतमा ८३ बलमा ८० रन बनाएका छन् ।
नेपालले अहिले ४२ औँ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा २१८ रनमा खेलिरहेको छ । अहिले कप्तान पारस खड्का र रोहित कुमार ब्याटिङमा छन्।