सन्दीप लामिछाने प्रतियोगिताकै उत्कृष्ट खेलाडी
काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपाली राष्ट्रिय टिमका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’घोषित भएका छन् ।
नामिबियामा भएको यस प्रतियोगितामा नेपाली युवा क्रिकेटर सन्दीपले प्रतियोगिताभरि नेपालका जम्मा १७ विकेट लिँदै उनी 'म्यान अफ टुर्नामेन्ट' बन्न सफल भएका हुन् ।
नेपालका लागि उनले ६ खेल खेल्दै १७ विकेट लिएका हुन् । सन्दीप म्यान अफ टुर्नामेन्ट बनेपछि उनलाई आवद्ध गरेको आईपीएल टोली दिल्ली डेयर डेभिल्सले पनि बधाई दिएको छ ।
त्यसैगरी युएईसँग सात रनले पराजित भएको खेलमा शतक बनाएका नेपाली कप्तान पारस खड्कालाई पनि दिल्ली बधाई दिएको छ ।
दिल्लीले सन्दीपलाई यो सिजनको आईपीएलका लागि २० लाख भारतीय रुपैयाँमा किनिसकेो छ। युएईसँग हारे पनि नेपाली क्रिकेट टिमले देखाएको टिम गेम र सन्दीपको पनि दिल्लीले प्रशंसा गरेको हो ।
Skipper @paras77 made a valiant century, but Nepal narrowly missed out on the ICC #WCL2 championship.@IamSandeep25, with 17 scalps in 6 games, and the entire @NepalCricket squad have played out of their skin and deserve their spot in the World Cup Qualifiers!#DilDilli pic.twitter.com/SDPZbnvCvJ
— Delhi Daredevils (@DelhiDaredevils) February 15, 2018