संग्रहालयमा रमाउँदै विद्यार्थी

संग्रहालयमा रमाउँदै विद्यार्थी

 

१४ वर्षीया रेश्मा खोटेजा गत साता शनिबार सिनामंगलस्थित एभिएसन संग्रहालयमा घुम्न गएकी थिइन्। भक्तपुरस्थित एभरेस्ट इङ्लिस स्कुलमा कक्षा ८ मा पढ्ने रेश्मालाई बाहिरबाट हेर्दा संग्रहालय ठिकैमात्र लाग्यो। तर भित्र पसेपछि त्यहाँ थुप्रै हवाइजहाजका मोडल देखेर उनी उत्साहित भइन्। यति मात्रै होइन, त्यहाँ उनले बाहिरबाट आउने र नेपाल भित्रै उड्ने हवाइजहाजबीचका भिन्नता पनि थाहा पाइन्।

संग्रहालयभित्र नेपालका विभिन्न स्थानको फोटो देखेर खुसी भएकी रेश्माले भनिन् ‘यो सबै हेर्दा हाम्रो नेपाल सानो भए पनि धेरै सुन्दर रहेछ भन्ने लाग्यो। हामी विद्यार्थीले यस्तो ठाउँमा घुम्न आउनुपर्छ।’ रेश्मा स्काउटबाट पनि अन्य धेरै देशमा घुम्न गएकी छन्। तर उनलाई सबैभन्दा राम्रो नेपाल नै लाग्छ रे।

संग्रहालयका बारेमा मम्मीड्याडीले भनेपछि सात वर्षीय सार्गव झा पनि त्यहाँ घुम्न गए। एयर बसभित्र जान उनले केहीबेर त आफ्नो पालो कुर्नुपर्‍यो। रातो बंगला स्कुलमा कक्षा १ मा पढ्ने सार्गवले संग्रहालयमा राखिएको हवाइजहाजलाई देखेर अचम्म मान्दै भने ‘यति ठूलो एरोप्लेन कसरी यहाँ ल्याएको होला ? ’ संग्रहालय घुमुन्जेल उनले आफ्ना बाबासँग यस्तै प्रश्न गरिरहे।

musium

साउथ प्वाइन्ट बोर्डिङ हाइस्कुलमा पढ्ने सात वर्षीय सुगम देउला संग्रहालयमा हवाइजहाजका मोडल गनिरहेका थिए। हवाइजहाजभित्र पाइलटले कसरी चलाउँछ र कसरी कमान्ड गर्छ भनेर उनले निकै चाख लिएका थिए। ठूलो भएपछि डाक्टर बन्न चाहने उनी पाइलट बन्न भने चाहँदैनन्। न्यु जेनेटिक मोडर्न स्कुलमा कक्षा ५ मा पढ्ने रोहिना देउला भने ठूलो भएपछि एयरहोस्टेज बन्ने रे। संग्रहालय घुमिसकेपछि १० वर्षीया रोहिनाले त्यहाँ धेरै एयर होस्टेज दिदीहरूलाई पनि देखिन्। दिदीहरू जस्तै एयरहोस्टेज बनेर हवाइजहाजमा धेरै देश घुम्ने उनको रहर छ।

संग्रहालयमा हेलिकप्टर, हवाइजहाज, ट्यांक देखेपछि ‘म त ठूलो भएपछि पाइलट बन्छु’ भन्दै थिए बाल विकास सेकेन्डरी स्कुलमा कक्षा १ मा पढ्ने केभिन देउला। शंखमूलस्थित प्यासिफिक एकेडेमीमा कक्षा ४ मा पढ्ने १० वर्षीय सर्वज्ञ आचार्य भने संग्रहालय कसले कसरी बनायो भनेर भिडियो हेर्नमै मक्ख थिए। उनी उक्त संग्रहालयमा पहिलो पटक गएकी हुन्।

एउटै खाले ड्रेसमा त्यहाँ आएका जुम्ल्याहा दिदीबहिनी लेइसा र लेनिसा ठाकुरले पनि संग्रहालय रुचिपूर्वक घुमे। उनीहरू जस्तै मम्मी र दादाहरूसँग संग्रहालय आएकी कामना थापा क्षेत्रीलाई पनि संग्रहालय धेरै मन पर्‍यो।

विद्यार्थीले घुम्नै पर्ने ठाउँमध्ये हवाई संग्रहालय पनि एक हो। विशेषगरी विद्यार्थीकै लागि बनाइएको यो संग्रहालयमा दिनहुँजसो धेरै विद्यार्थी घुम्न आउँछन्। एभियसन संग्रहालय हाल बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ला रहने भए पनि चैत्रदेखि असोजसम्म भने बिहान ८ः३० बजेदेखि साँझ ६ः३० बजे खुला रहन्छ। संग्रहालयभित्र प्रवेशको लागि विद्यार्थीलाई एक सय ५० रुपैयाँ लाग्छ। तर कार्डको छुटस्वरूप विद्यार्थीले २५ रुपैयाँ छुट पाउँछन्। आफ्नो परिचयपत्र लिएर गएमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। संग्रहालय प्रवेशमा अशक्त, स्वदेशी नागरिक, सार्क राष्ट्र र विदेशी नागरिकलाई छुट्टाछुट्टै शुल्क तोकिएको छ।

turkis-plane-musium

२०७१ साल फागुन २० गते टर्कीको राजधानी इस्तानबुलबाट दुई सय २३ यात्रुसहित काठमाडौं आउँदै गरेको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भयो। त्यही दुर्घटना भएको विमानलाई मर्मत गरी सिनामंगलमा संग्रहालयको रूपमा स्थापना गरिएको हो। नौ महिनामात्रै उडेको यो विमान काठमाडौंमा मर्मत गर्न जहाजको मूल्यको हाराहारी खर्च र कम्तीमा एक वर्ष समय लाग्ने भएपछि विमान काठमाडौंमै थन्किएको थियो। यही विमान पाइलट वेद उपे्रतीले किनेर संग्रहालय बनाएका हुन्।

एभिएसन संग्रहालयमा एयर बस ३३० लाई हेर्न सकिन्छ। चार सय ४० जना यात्रु बोक्न सक्ने यो जहाज दुई सय आठ फिट लामो, एक सय ९७ फिट चौडा र ५५ फिट अग्लो छ। जहाजभित्र सातवटा हल छन् जहाँ पहिलो विश्वयुद्धदेखि अहिलेसम्मका फाइटर जहाजका मोडलहरू राखिएका छन्। त्यस्तै एयरलाइन हलमा संसारका मुख्य जहाज कम्पनीका पछिल्ला मोडलहरू राखिएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.