दाँतको सुरक्षा गर्न सिकाइँदै
काठमाडौं : नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले दाँतको सुरक्षा मुख्य भएको भन्दै राजधानीमा दाँतको सुरक्षा विधिबारे प्रशिक्षण दिएका छन् ।
मानिसको सौन्दर्य मात्र नभएर मुख्य अंगको रुपमा दाँत रहेकाले चावहिल, सुकेधारा, धुम्बाराही, चक्रपथ, बसुन्धरा, गंगवु, बानेश्वर, कोटेश्वर सहित २३ वटा चोकमा डेन्टल हाइजेनिस्टहरुले दाँत माझ्ने तरिका सिकाए ।
विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर उपत्यकाका विभिन्न क्षेत्रमा सही तरिकाले माझ्न नजान्दा दाँत बिग्रने भन्दै प्रयोगात्मक प्रशिक्षण गराए ।
मुखलाई बेवास्ता गर्दा शरिरलाई क्षति पुग्ने भएकाले मुख स्वास्थ्यका विषयमा जनचेतना विस्तार गर्न अभियान चलाएको नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले बताए ।
यसै अवसरमा एसोसिएसनले स्वास्थ्य मन्त्रालयका अधिकारी, विज्ञ र सम्बन्धित सरोकारवालाबीच बृहत छलफल समेत गरेको थियो ।
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका पदाधिकारी दाँत सफा गर्ने तरिका सिकाउँदै ।