नेल पोलिसका यस्ता फाइदा पनि छन्

 नेल पोलिसका यस्ता फाइदा पनि छन्

नेल पोलिसले नङको सुन्दरता मात्र बढाउँदैन, यो अरू काममा पनि सहायक छ। यी काममा नेल पोलिस प्रयोग गर्न सकिन्छः

घर, दराज लगायतका साँचो हेर्दा एकनास देखिन्छन् भने हरेक साँचोमा अलग–अलग रङको नेल पोलिस लगाई चिन्ह बनाउन सकिन्छ। जसले साँचो चिन्न सजिलो बनाइदिन्छ।

–धनियाँ, जिरा र गरम मसलालगायत मसला हेर्दा उस्तै–उस्तै देखिन्छन्। बट्टामा नेल पोलिसले तिनको नाम लेखी सजिलै पहिचान गर्न सकिन्छ।

–खाम टाँस्न गम नभएमा नेल पोलिस प्रयोग गर्न सकिन्छ। खामको किनारमा नेल पोलिस लगाई खाम टाँस्न सकिन्छ।

–सियोमा धागो हाल्न गाह्रो भइरहेको छ भने धागोको टुप्पोमा अलिकति नेल पोलिस लगाइदिनुहोस्। यसो गर्दा धागो कडा हुन्छ र सियोमा सजिलै छिर्छ।

–कुनै पहिरनमा सानो प्वाल पर्दा त्यहाँ नेल पोलिस लगाइदिनुहोस्। नेल पोलिस फाटेको भागको किनारमा टाँसिन्छ र प्वाल ठूलो हुन पाउँदैन।

–संवेदनशील छाला भएकाहरूलाई आर्टिफिसियल गरगहनाले एलर्जी हुने गर्छ। त्यसका लागि नेल पोलिस उपयुक्त उपाय हुनसक्छ। गहनाको जुन भागले शरीरलाई छोइरहेको छ, त्यसमा नेल पोलिस लगाइदिनुपर्छ। यसो गर्दा गहना छिटै खराब हुँदैन र छालाको एलर्जीबाट पनि बच्न सकिन्छ।

–जुत्ताको तुना हाल्न गाह्रो भइरहेको छ भने तुनाको अन्तिम भागमा नेल पोलिस लगाइदिनुहोस्। तुनाको टुप्पो कडा हुन्छ र सजिलै प्वालमा छिर्छ।

–पुरानो चप्पललाई नयाँ लुक दिन चाहनुहुन्छ भने त्यसको सोलमा आफूलाई मन पर्ने रङको नेल पोलिस लगाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.