जुम्बाः नृत्यसँगै व्यायाम

जुम्बाः नृत्यसँगै व्यायाम

भनिन्छ– 'जो धेरै नाच्छ, उही धेरै बाँच्छ।' विशुद्ध मनोरञ्जनका लागि प्रयोग गरिने गीत–संगीत अहिले शहर–बजारमा स्वस्थ रहने शारीरिक अभ्यासका लागि प्रयोग हुन थालेका छन्।

‘जुम्बा डान्स' यस्तै लोकप्रिय शारीरिक अभ्यास हो, जसमा मूलतः शहरियाहरू गीतको रमाइलोमा नाच्दै आफ्नो स्वास्थ्य राम्रो बनाउने कोसिस गरिरहेका छन्।

पहिले—पहिले जुम्बालाई नृत्यका रूपमा मात्रै बुझिन्थ्यो। तर, अहिले यो खास गरी शहरिया महिलाबीच लोकप्रिय भएको छ। आफ्नो तौल ठीक राख्न र फिट रहन उनीहरू जुम्बामा भर परेका छन्। शारीरिक अभ्यास गर्न झन्झट मान्नेहरू समेत अहिले जुम्बा डान्स नियमित गर्न थालेका छन्।


नेपाली, हिन्दी र अंग्रेजी गीतहरू 'रिमिक्स' गरी कहिले तीव्र त कहिले सुस्त गतिमा बजाउँदै जुम्बा गराइने भएपछि धेरैले संगीतको आनन्दसँगै आफ्नो शरीरलाई चुस्त–दुरुस्त बनाइरहेका छन्।


सन् १९९० को दशकमा कोलम्बियाली कोरियोग्राफर तथा साइक्लिस्ट अल्बेर्टो बेटो पेरेजले जुम्बा डान्स सुरु गरेका हुन्। अहिले यसबाट असंख्य मानिसले लाभ लिइरहेका छन्। विश्वका करिब १ सय ८५ देशमा जुम्बा अभ्यास गरिन्छ। विश्वभर लोकप्रिय रहेको जुम्बा डान्स नेपालका शहरी क्षेत्रका बासिन्दाका लागि जीवनशैलीको एउटा अंग बनिसकेको छ।


जुम्बा फिटनेस लगभग एक घण्टाको अभ्यास हो। यो अभ्यास जुम्बा फिटनेसको इजाजतप्राप्त इन्स्ट्रक्टरहरूले दिलाउने गर्छन्। एउटा जुम्बा कक्षामा एक जना मान्छेले करिब छ सय क्यालोरी शक्ति खर्च गर्ने बताइन्छ।

जुम्बा थरी–थरी

– सिकारु र वृद्धहरूका लागि जुम्बा गोल्ड उपयुक्त मानिन्छ।

–अक्वा जुम्बा स्विमिङ पुलमा गरिन्छ।

– सातदेखि ११ वर्षसम्मका बालबालिकाका लागि जुम्बा किड्स अभ्यास गराइन्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.