यसरी सजाउनुहोस् बच्चाको रुचिअनुसार कोठा

यसरी सजाउनुहोस् बच्चाको रुचिअनुसार कोठा

काठमाडौं:  छोराछोरीको कोठा कसरी सजाउने ? भन्ने कुरा धेरै अभिभावक सोच्छन्। बच्चाको कोठा उसको रुचि र स्वभावअनुसार सजाउनुपर्छ। केटाकेटीको कोठा सुन्दर र आरामदायी हुनुपर्छ। त्यसका लागि यी कुरामा ध्यान दिनुपर्छः

–बच्चाको कोठा सुन्दर र आकर्षक हुनुपर्छ। केटाकेटीलाई मन पर्ने हिसाबले कोठालाई रंगिन बनाउनुपर्छ।

–धेरै सामान राखेर कोठा भर्नु हुँदैन। उनीहरूले स–साना खेल खेल्न सक्ने गरी कोठामा खाली ठाउँ राख्नुपर्छ। खेलौना फिँजाएर आरामले खेल्न सकून् र आनन्दले किताब पढ्न सकून्।

–आजभोलि बजारमा विभिन्न डिजाइनका बेड पाइन्छन्। बच्चा आनन्दले सुतोस् भनी कम ठाउँ ओगट्ने बेड किन्दा राम्रो हुन्छ।

–बच्चाका रुचिअनुसारका चित्र कोठामा टाँस्न सकिन्छ।

–छोराछोरीको कोठालाई वालपेपरले पनि सजाउन सकिन्छ। बच्चालाई मन पर्ने किसिमका रङ र डिजाइनका वालपेपर कोठामा लगाउन सकिन्छ। जसलाई दुईतीन वर्षमा बदल्न पनि सकिन्छ।

–कोठा खुला र हावा आउने हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.