किन रिसाउँछिन् कोलिन्स ?
बेलायती अभिनेत्री मिसेल कोलिन्स आफूभन्दा २२ वर्ष कान्छा माइक डेभिसनसँग प्रेममा छिन्। तर, कसैले आफूहरूबीचको उमेरको भिन्नतासम्बन्धी प्रसंग झिक्यो भने उनी झनक्क रिसाउने गर्छिन्।
अझ फगत यौन प्यास मेट्नकै लागि उनले माइकसँग प्रेम गरेको भन्ने टिप्पणी सुनिन् भने सम्हाल्नै गाह्रो हुने गरी उनी रिसाउँछिन्।'हामीबीचको सम्बन्ध अरूले सोचे जस्तो छैन, ५५ वर्षीया कोलिन्सले भनिन्, 'हामीबीच अफेयर चलेको पाँच वर्ष पूरा भइसकेको छ।
तर, मैले उनलाई प्रयोग गरिरहेकी छु भन्ने भाव ममा आजसम्म आएको छैन।' २२ वर्ष जेठी भएकै कारण आफूलाई स्वार्थी भनिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छिन्। ‘सुरुमा यस्तो सुन्दा हाँस उठ्थ्यो, अहिले रिस उठ्न थालेको छ, उनले भनिन्।