'डाक्टर' हुँ भन्दै आमाको उपचारका लागि आएकी युवतीको बलात्कार
काठमार्डौ : आमाको उपचारका लागि आएकी एक युवतीलाई ‘डाक्टर’ भएको बताउँदै बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पाल्पा तानसेनका २७ वर्षीय अर्जुन कोइरालाले आमाको उपचारको लागि चैत ६ गते गंगालाल अस्पताल आएकी एक युवतीलाई आफु ‘डाक्टर’ भएको भन्दै झुक्याएर होटलमा लागी बलात्कार गरेका थिए।
उक्त व्यक्तिले पीडितसँगको सामान्य भेटघाटको क्रममा म पनि 'डाक्टर' हूँ गंगालाल अस्पतालको डाक्टरहरुसँग मेरो राम्रो चिनजान छ र तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्न सक्छु भनी ललाई फकाई झुक्याएर सामाखुसी स्थित आफ्नो सानी आमासँग भेटघाट गर्न जाउँ भनी मोटरसाईकलमा राखी काठमार्डौ -२६ मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेका थियो ।
उसले आफ्नो नाम समेत सन्तोष घले गएर युवतीलाई झुक्याएको थियो । युवतीको उजुरीको आधारमा काठमाडौं -२६ मा डेरा गरी बस्ने अभियुक्त कोइरालालाई महानगरीय प्रहरी बृत्त महाराजगन्जले पक्राउ गरेको जनाएको छ।
कोइरालाले आफुले 'डाक्टर' हुँ भनी युवतीलाई बलात्कार गरेको स्विकार गरेका छन् । अभियुक्त कोइराला नेपाली सेनामा रहँदा पनि जबरजस्ती करणी मुद्दामा कारवाही भई बर्खास्त भएको भन्ने समेत खुल्न आएको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।