गाउँपालिका उपाध्यक्षको नाममा परीक्षा दिने पक्राउ

गाउँपालिका उपाध्यक्षको नाममा परीक्षा दिने पक्राउ

जुम्ला : हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायको नाममा एसइइ परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी पक्राउ परेकी छन् । राहदेव मावि मोफ्लामा उपाध्यक्ष रोकायको नाममा परीक्षा दिँदै गरेकी विमला रोकायलाई प्रहरीले पक्राउ हो ।

विमलाले बोकेको प्रवेश पत्रको फोटोमा केरमेट गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको प्रहरी नायव उपरीक्षक डा.तपनकुमार दाहालको टोलीले उनलाई पक्रेको थियो ।

उपरीक्षक दाहालका अनुसार जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस गरिएको कागजात र परीक्षा हलमा भएको प्रवेश पत्र तुलना गर्दा विवरण मिलेको थिएन । उनले भने, ‘स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा दिँदै गर्दा उनी पक्राउ परेकी हुन् ।’

राहदेव मावि मोफ्ला केन्द्रमा दुई सय २० परीक्षार्थी छन् । उपाध्यक्षको सट्टामा परीक्षा दिने नक्कली परिक्षार्थी विमलालाई दस्तखत किर्ते मुद्धा लगाइने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आफ्नो सट्टामा परीक्षा दिन लगाउने उपाध्यक्ष रोकायालाई पक्राउ गरेर कारबाही अघि बढाइने उपरीक्षक दाहालले बताए । हाल उपाध्यक्ष रोकाय फरार छन् ।

यसअघि कालिका मावि तलिकुडुमा अर्काको नाममा परीक्षा दिँदै गरेका चारलाई नियन्त्रणमा लिएर दस्तखत किर्ते अन्तर्गत कारबाही गरिएको प्रहरीले जनाएको छ । न्यायिक समिति संयोजक जस्तो व्यक्तिले नक्कली परीक्षार्थी राखेर एसइइ परीक्षामा चरम विकृति फैलाएको सरोकारवालाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.