छोरीको हत्या गरेर सुटुक्क जलाउने आमा-बाबु पक्राउ

छोरीको हत्या गरेर सुटुक्क जलाउने आमा-बाबु पक्राउ

वीरगन्ज : छोरीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले आमा–बाबुलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका १५ भिस्वामा आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४१ वर्षीय सत्यनारायण वर्णवाल र उनकी कान्छी पत्नी ३० वर्षीया गीता कुमारीलाई पक्राउ गरेको हो।

सत्यनारायणकी जेठी पत्नी स्वर्गीय मन्जु देवीको कोखबाट जन्मिएकी १६ वर्षीया नेहा कुमारी वर्णवालको बुबा सत्यनारायण र उनकी कान्छी पत्नी गीताले गत फागुन १३ गते हत्या गरी प्रहरी र छरछिमेकलाई पनि जानकारी नदिई इ रिक्सामा शव राखेर वीरगन्जको रानीघाटस्थित शम्सानघाटमा पुर्याएर एक डोमलाई ६ हजार रुपैयाँ दिएर जलाउन लगाएका थिए।

प्रहरीका अनुसार, नेहालाई गाउँ घरमा नदेखेपछि छरछिमेकले सोधखोज गरेका थिए। यसरी खोजी गर्दा उनका बुबा सत्यनारायण र सौतेनी आमा गीताले छोरी भारतस्थित फुपूको घरमा गएको बताएका थिए। त्यसपछि शंका लागेर छिमेकीले प्रहरीलाई खबर गरेको र प्रहरीले मृतक नेहाका बुबा सत्यनारायण र सौतेनी आमा गीतालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेहाको हत्या आफूहरुले नै गरेर शम्सानघाटमा लाश जलाएको बयान दिएको प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी दिए।

मृतक नेताका बुबा सत्यनारायण र सौतेनी आमा गीता कुमारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.