बिदालाई कसरी सिर्जनशील बनाउने ?
प्राय:जसो सबै विद्यालयमा अन्तिम परीक्षा सकिसकेको छ । एउटा कक्षाबाट अर्को कक्षामा जानका लागि भएको ‘सेसन ब्रेक’का कारणले हिजोआज विद्यार्थी बिदामा छन् । सधैैं पढ भनेर आफ्ना छोराछोरीलाई भन्ने बाबुुआमाले पनि अहिले बालबालिका पूरै स्वतन्त्र छाडिदिन्छन् । गाउँघरतिरका बालबालिकाले त आफ्नो अभिभावकलाई घरायसी काममा पनि सघाउँछन् । तर सहरी परिवेशमा हुुर्केका बालबालिका भने दिनैभरि टेलिभिजन, कम्प्युुटर, मोबाइल, ट्याब आदिमै झुुन्डिने गरेको पाइन्छ । यस्तो दिनचर्याले उनीहरूको आँखामा त असर पुुर्याउँछ नै, शारीरिक रूपमा पनि अल्छी बनाई, कब्जियत र मोटोपनाको समस्या निम्त्याउन सक्छ ।
त्यसैले झन्डै एक महिनाको यो बिदाको समयलाई कसरी सदुुपयोग गर्ने त भन्नेमा धेरैलाई जिज्ञासा लागेको हुुन सक्छ । यो समयलाई पनि बढीभन्दा बढी सदुुपयोग गर्ने सम्बन्धमा अभिभावकले ध्यान पुुुुर्याउनुुुुपर्छ । वर्षभरि आफ्नो कक्षाको पाठ्यपुुस्तक पढ्दापढ्दा बालबालिका दिक्क भइसकेका हुुुुन्छन् । त्यसैले यो समयमा उनीहरूलाई मनोरञ्जनमूलक चलचित्र देखाउने तथा विभिन्न नयाँ ठाउँमा घुुुुम्न लैजानुुुु ठीक हुुुुने बताउँछिन् मनोविद् करुणा कँुुुुवर । उनीहरूले यो बेलामा जुुुुनसुुुुकै कुुुुरा पनि छिटो सिक्न सक्ने भएकाले यही सिकाइ उपलब्धिमूलक हुुुुने उनको भनाइ छ ।
उनी भन्छिन्, ‘अचेलका बालबालिका ग्याजेट र टीभीमा बढी भुुुुलेको देखिन्छ । तर यो सही बानी होइन । टीभी हेर्ने, गेम खेल्ने तथा हरेक कामको छुुुुट्टाछुुुुट्टै समय तालिका बनाउनुुुुपर्छ ।’ साथै बालबालिकालाई इन्डोर खेल खेलाउनुुका साथै घर बाहिर खेलिने खेलमा पनि रुचि जगाउनुुपर्ने उनी बताउँछिन् । बिहानको समय बाहिर गएर खेलहरू खेल्नुुुु स्वास्थ्यका दृष्टिकोणले ठीक हुुुुने र साँझको समय घरभित्रैको वातावरणलाई सिर्जनशील बनाउन सके राम्रो हुुने उनको सुुुुझाव छ ।
बालबालिकालाई यो बिदाको समयमा सांस्कृतिक सम्पदाहरूको बारेका अवलोकन भ्रमण गराउन लैजान सके उनीहरूले प्रत्यक्ष देखेर नै धेरै कुुरा सिक्न सक्ने गेटवे अक्याडेमीका प्रिन्सिपल आर्डी भट्टको बुुझाइ छ ।
बालबालिकाको जिज्ञासुु स्वभावलाई सकारात्मक रूपमा लिनुुपर्ने बताउँदै उनी भन्छन् , ‘उनीहरू हरेक नयाँ वस्तुुका बारेमा प्रश्न गरिरहने तथा बुुुुझ्न खोज्ने हुुुुन्छन् । उनीहरूको प्रश्नलाई मायालुुुु पाराले जवाफ दिनुुुुपर्छ ।’
उनका अनुुसार कुुनै मनपर्ने किताब किनेर पढ्दा पनि यो बिदाको सदुुपयोग गर्न सकिन्छ । यसले विद्यार्थीलाई नयाँ शव्दावली सिक्न प्रेरित पनि गर्छ । साथै अंग्रेजी तथा नेपाली शब्दकोश हेर्ने बानीले पनि विद्यार्थीको शब्दज्ञान बढाउने उनको भनाइ छ । ‘कम्तीमा पनि दिनको २० वटा नयाँ शब्द सिक्ने गरेमा थप ज्ञान प्राप्त हुुुुन्छ’ उनी अगाडि थप्छन्, ‘बिदाको समय भनेको विद्यार्थीले आफ्नो रुचिका कार्यहरू गर्ने समय हो । त्यसैगरी गृहकार्य गर्न नपर्ने हँुुुुदा उनीहरूलाई रचनात्मक क्रियाकलापहरू गराउन सकिन्छ ।’ यसका साथै उनी अभिभावकलाई आफ्ना बालबालिकालाई सकारात्मक सोचको विकास गर्ने खालका पुुुुस्तक उपहार दिन सुुझाउँछन् । अनुुुुकरणीय व्यक्तित्वका जीवनीमा बनेका डकुुुुमेन्ट्री तथा फिल्महरू देखाउनुुुु पनि फाइदाजनक हुुुुने प्रिन्सिपल भट्टको धारणा छ ।
विद्यार्थीको बिदाको समयलाई सिर्जनशील बनाउन अभिभावकको महŒवपूर्ण हात हुुने स्विकार्छिन् मनोविद् कुुँवर । उनका अनुुुुसार यो बेलामा विद्यार्थीलाई नृत्य, योगा, खेलकुुुुदका अभ्यास तथा शारीरिक व्यायामका विभिन्न तालिम दिनुुुु उपयुुुुक्त हुुुुन्छ । उनीहरूको बिदाको समय हो भन्दैमा एकैदिनमा धेरैवटा कार्यका लागि दबाब दिँदा विद्यार्थीमा अनावश्यक तनाव उत्पन्न हुुनै बताउँदै दिनमा दुुई, तीनवटा मात्रै सीपको अभ्यास गराउनुु राम्रो हुुने कुुँवरको सुुझाव छ ।
बालबालिको उमेर भनेको अत्यन्तै संवेदनशील समय हो । त्यसैले यो समयमा उनीहरूले गर्न लागेका कुुुुनै पनि कामहरू गर्नुुहुुुुन्छ वा हुुुुन्न भन्ने खालले उनीहरूलाई अर्याउनुु नहुुने उनको भनाइ छ । ‘प्राय:जसो अभिभावक कुुुुनै बानीको फाइदा र बेफाइदाको बारेमा पनि उनीहरूलाई कडा तरिकाले दबाब दिने गर्छन्, यो गलत आदत हो ’, उनी भन्छिन् ।
यदि आफ्ना छोराछोरीले बिदामा खेल्नका लागि कुुनै खेलौना किन्न पठाए भने त्यसको लागि यति पैसा लाग्छ भनेर टिप्पणी गर्दा बालबालिकाको दिमागमा नराम्रो प्रभाव पर्ने कुुँवरको बुुझाइ छ ।
शिक्षक भट्ट पनि बिदाको समयमा बालबालिकालाई संग्रहालय तथा ऐतिहासिक ठाउँको भ्रमण गराउँदा मनोरञ्जनका साथै केही जानकारी पनि प्राप्त हुुुुने बताउँछन् । त्यसैगरी आफन्तसँग भेटघाट गर्नाले बालबालिकामा सामाजिक संस्कृतिको ज्ञान बढ्ने र समाजमा घुुुुलमिल हुुुुन सक्ने सीपको विकास हुुुुने उनी जानकारी दिन्छन् । त्यसैगरी बालबालिकालाई कुुुुनै संस्थामा स्वयम्सेवकको काम गर्न लगाएर पनि समय बिताउन सकिन्छ भने इन्टरनेटको प्रयोग गरी नयाँ प्रविधिको जानकारी हासिल गर्न पनि विद्यार्थीलाई प्रेरित गर्न सकिन्छ ।
: बालबालिकालाई एउटा परीक्षा सकिनासाथ तुुरुन्त अर्को विषय पढ्नका लागि दबाब दिनुु हुुन्न ।
: हरेक कार्य गर्ने निश्चित समय छुुट्याउनुुपर्छ । कति घन्टा खेल्ने, कति समय घुुम्ने तथा सिर्जनात्मक काम गर्ने भनेर निश्चित गर्नुुपर्छ ।
: विद्यार्थीका रुचिका कामलाई थप अगाडि बढाउन प्रोत्साहन र हौसला प्रदान गर्नुुपर्दछ ।
: बालबालिकासँग आवश्यकताअनुुसार खुुल्ला व्यवहार गर्नुुपर्छ । व्यक्तिगत तथा व्यावहारिक विषयमा छलफल, अन्तरसंवाद गर्ने तथा साथीजस्तो व्यवहार गर्नुुपर्दछ ।
: उनीहरू चित्र बनाउने, गीत गाउने, संगीत सिक्ने, नृत्य गर्नेजस्ता कार्यमा विशेष रुचि राख्दछन् । यस्ता क्रियाकलापको लागि सहयोगी भूमिका निर्वाह गर्नुुपर्छ । कामको बीचमा आरामको लागि पनि समय दिनुुपर्छ ।
: उनीहरूको मनोरञ्जनको लागि कहिलेकाहीँ घरबाहिर घुुम्न र खाना खान लैजाने गर्नुुपर्छ ।
: घरमा पनि रमाइलो वातावरण सिर्जना गर्दा बालबालिका पनि आफ्नो आमाबुुवासँग खुुलेर कुुरा गर्ने, सबै काम र क्रियाकलापबारे छलफल गर्ने गर्छन् ।