पोखरीमा डुबेर मृत्यु
मोरङ : मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–२ बस्ने ५५ वर्षीय मग्ना मिँया रहेका छन्। उनलाई उक्त पोखरीमा डुबेर मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। वैशाख १ गते नयाँ वर्षको अवसरमा सो मन्दिरमा मेला लाग्ने गर्दछ। रासस