मापदण्डविपरीत साना सिलिन्डर बिक्री

मापदण्डविपरीत साना सिलिन्डर बिक्री

गौर : रौतहटका बजारमा भारतमा उत्पादन गरिएका मापदण्ड विपरीतका प्रतिबन्धित साना ग्यास सिलिन्डर खुलेआम बिक्री भइरहेका छन्।

साना सिलिन्डरसँगै ग्यास व्यापारीले ठूला सिलिन्डरबाट जोखिमपूर्ण तरिकाले साना सिलिन्डरमा ग्यास भरेर बिक्री गर्दै आएका छन्। मापदण्ड पूरा नगरी र भीडभाड हुने बजारक्षेत्रमा नै ठूला कम्पनीका सिलिन्डरबाट ग्यास भरेर बिक्री हँदै आएको छ।

जिल्लाको गौर, शिवनगर, गरुडा, चन्द्रनिगाहपुर बजारका किराना पसल, भाँडा पसल र आधिकारिक ग्यास बिक्रेता पसलमा साना सिलिन्डरमा ग्यास भर्ने गरिन्छ। बढी नाफा हुने भएकाले व्यापारीले ठूला सिलिन्डरबाट साना सिलिन्डरमा ग्यास भर्ने गर्दछन्।

यसरी सुरक्षा मापदण्ड पूरा नगरी बनाइएका साना सिलिन्डर प्रयोग गर्दा सिलिन्डर पड्किएर बेलाबेलामा दुर्घटना समेत हुँदै आएको छ।

व्यापारीले ठूला सिलिन्डरबाट सानोमा भरेबापत एक सय ३० रुपैयाँ प्रतिकेजीमा लिने गरेका छन्। कतिपय व्यापारीलाई यसरी ग्यास बिक्री गर्नु गैरकानुनी र जोखिमयुक्त छ भन्ने समेत जानकारी छैन।

गरुडाका एक ग्यास व्यापारीले भने, ‘धेरै जनाले यसरी नै बिक्री गरिरहेका छन्, यसरी बिक्री गर्नु हँदैन भनेर कोही रोक्न आएका छैनन्।’

यसरी ग्यास व्यापार गर्दै आएका व्यापारी नाम बताउन चाँहदैनन्।

नेपाल–भारत खुला सिमाका कारण भारतबाट भन्सार छलेर पाँच किलो र दुई किलो ग्यास अटाउने साना सिलिन्डर व्यापारीले ल्याउने गरेको पाइन्छ।

ठूलो सिलिन्डरमा एकैपटक धेरै पैसा तिर्नुपर्ने र ओसारपसारमा समेत झन्झट हुने हँदा सर्वसाधारणको रोजाइ समेत साना सिलिन्डर पर्ने गरेको छ।

शिवनगर चौकस्थित एक पसलमा ग्यास भर्न आएका एक सर्वसाधाणले भने ‘सिलिन्डर सस्तोमा पाइन्छ त्यसैले यहाँ आएका हौं।’ सर्वसाधारण उपभोक्तालाई समेत जोखिमयुक्त सिलिन्डर प्रयोग गर्नु हँदैन भन्ने ज्ञानको अभाव छ। भारतबाट लुकाइछिपाइ ल्याइएका मापदण्ड विपरीतका साना सिलिन्डरको कारोबार गर्न अनुमति नभएको स्थानीय प्रशासनको भनाइ छ।

त्यस्ता साना सिलिन्डरको मापदण्ड जाँच भएको हँदैन भने, गुणस्तर चिन्ह , बनेको मिति समेत उल्लेख गरिएको हँदैन। नेपालमा उत्पादन भएका गुणस्तर चिन्ह प्राप्त ठूला ग्यास सिलिन्डरबाट साना सिलिन्डरमा ग्यास भर्न समेत नपाइने नियम छ।

बढी नाफा हुने भएकाले व्यापारीले भारतीय सूर्या कम्पनीको साना सिलिन्डिर रौतहटका बजारमा ल्याएर बिक्री गर्दै आएका छन्।

साना सिलिन्डको बिक्री अत्यधिक बढेको गुनासो गरेको तर अनुगमन नभएको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका सचिव टीका घिमिरेले बताएका छन्।

धेरै वर्षदेखि बजारमा मापदण्डविपरीत साना सिलिन्डर देखिए पनि स्थानीय प्रशासन मौन छ। पछिल्ला दिनमा त्यसको धेरै नै बिक्री हुन थालेको भएपनि अनुगमन हुन सकेको छैन। मापदण्डविपरीत साना सिलिन्डर बिक्रीवितरण भएको गुनासो आएकाले बजार अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.