सुकुम्बासी बस्तीमा 'प्रभुको बास' (भिडियो रिर्पोट)

सुकुम्बासी बस्तीमा 'प्रभुको बास' (भिडियो रिर्पोट)

एपीवान सिस्टम चेक

काठमाडौँः  राजधानीको शंखमुलस्थित युएन पार्क विकास समितिमा कब्जा गरेर राखिएको सुकुम्बासी बस्ती अहिले क्रिश्चियन धर्म प्रचारकको अखडा बनेको छ । 

क्रिश्चियन धर्म प्रचारमा सक्रिय रहेको एउटा संस्थाले यहाँको जग्गा कब्जा गर्ने समुदायलाई बिकल्प नदिई हटाउन नपाइने भन्दै आइरहेको छ । सरकारले पटक पटक बस्ती सार्ने कोशिश गर्दा पनि यहाँ यही सामाजिक संस्थासँग सरकारले हार्नुपरिरहेको छ।  

नेपाल सरकारलाई चुनौती दिँदै खाली सरकारी जग्गा देख्नासाथ समुह बनाई बस्ती बिस्तार गरिने अन्यत्रको चलन जस्तै यहाँ पनि त्यही भएको छ । सरकारले यो प्रबृत्तिलाई अपराध मानेको छ । 

तर सुकुमबासीका नाममा बसाइएका त्यसता अबैध बस्तीले सरकारलाई पनि सजिलै हल्लाउने क्षमता राखिरहेका छन् । सुकुम्बासी बस्तीमा मुख छोपेर धर्म प्रचार गर्दै पुग्ने गरेका छन् । 

तपाईँले भिडियोमा पनि हेर्न सक्नु हुन्छ यहाँ देखिएका महिलाहरु प्रभु अर्थात क्रिश्चियन धर्मका प्रचारक हुन् । उनीहरु यो बस्तीमा रहस्यमय शैलीमा पुग्ने गरेका छन् । एपीवान टेलिभिजनको सिस्टम चेक कार्यक्रमको टोली बस्तीमा रहस्यात्मक तरिकाबाट उनीहरु आफ्नो अभियानमा सक्रिय थिए । 

भिडियो:

उनीहरुले यहाँ आउनुको कारण समेत बताउन अस्वीकार गरे । तर उनीहरुलाई नजिकबाट नियाल्दा उनीहरु धर्म प्रचारमा सक्रिय थिए भन्ने बुझ्न गाह्रो परेन । सुकुम्बासी बस्तीमा पुगेका क्रिश्चियन धर्म प्रचारकहरु खुलेआम आफ्नो काममा सक्रिय थिए । नेपाल सरकारले अवैध मानेको यो बस्तीमा प्रभुको मन्दिर बनिसकेको छ । 

यहाँ प्रभुको सन्देश पुर्‍याइरहेका प्रयाप्त मान्छे देखिन्छन् । यस्को प्रभाव पनि छ यहाँ ठाउँमा मन्दिर छैन तर अस्थायी नै भए पनि चर्च बनिसेको छ । राज्यले अबैध मानेको यो बस्तीवालाहरुलाई प्रभुका दूत अर्थात क्रिश्चियन धर्मका प्रचारकले प्रभावमा पारेर धर्मान्तरण गराउन सफल भएका छन् । 

यी अवैध बस्तीहरु अहिले क्रिश्चियन जन्माउने उपयुक्त थलो बनेका छन् । यी बस्तीको रक्षमा पनि क्रिश्चियन धर्मका अनुयायीहरुले बिभिन्न संस्थालाई प्रयोग गरिगरिरहेका अनुमान गर्न सकिन्छ ।

युएन पार्क बिकास समिति र अधिकारसम्पन्न बागमती परियोजनाका काम रोएिका बेला यस्ता बस्तीहरुमा क्रिश्चियन धर्मका प्रचारकहरुले भने धर्मान्तरणका लागि अवसरै अवसर पाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.