ग्यासको बुलेट पल्टियो, चालक र सहचालक घाइते
दमौली : तनहुँको व्यास नगरपालिका ११ मालेपहरामा ग्यासको बुलेट बोकेको ट्यांकर पल्टिएको छ । सुनौलीबाट बुलेट लिएर पोखरा जाँदै गरेको एनएल १ ए ए०१०ए नम्बरको भारतीय बुलेट पृथ्वी राजमार्गबाट झण्डै १०० मिटर तल खसेको ट्राफिक प्रमुख कृष्णबहादुर क्षेत्रीले जानकारी दिए ।
पोखराको शक्ति ग्यास उद्योगका लागि ग्यास लिएर गएको बुलेट विहान करिब ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बीच जंगलमा बुलेट खस्दा ग्यास समेत चुहिएको थियो । तर नजिक बस्ती नभएका कारण धेरै जोखिम नभए पनि केही परका बासिन्दालाई सचेत गराइएको क्षेत्रीले बताए । बुलेटका चालक र सहचालक भने घटनापछछि घाइते भएर दमौलीमा उपचाररत छन्।