सर्वोच्च उचाईको दौड उपाधी सुमन र सुनमायाले लियो

काठमाडौं : विश्वकै उच्चस्थानबाट आयोजना गरिएको हाल्फ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलुङ्ग र महिला तर्फ जुम्लाकी सुनमाया बुढाले हात पारेकी छिन् ।
कालोपत्थरको पाँच हजार ६ सय ४४ मिटरबाट शुरु भएको २१ किलोमिटर दौडलाई सुमनले तीन घण्टा ५६ मिनेट र सुनमाया तीन घण्टा ५८ मिनेटमा दौड पुरा गरेको थियो । बुधबार सम्पन्न प्रतियोगितामा प्यूठानका दामोदर बुढा मगर ३ घण्टा ३२ मिनेटमा दुरी पार गर्दै दृतीय भए भने महिला तर्फ प्यूठानकी हुमी मगर पाँच घण्टा ६ मिनेटमा पार गर्दै दृतीय भइन् ।
अन्तराष्ट्रिय हाल्फ म्याराथन ५६४४ मिटरको कालापत्थर देखि ३७८० मिटरको स्याङबोचेसम्मको २१ दशमलव ७ किलोमिटरमा भएको थियो । २०७२ बैसाख १२ गते गएको बिनाशकारी भूकम्पमा परी दर्जनौ आरोहीको मृत्युको सम्झना रहने गरी वैसाख १२ गते म्याराथन आयोजना सम्पन्न गरेको आयोजक फोटिनपिक एक्सपीडिसन प्रालिका प्रमुख टासि लाक्पा शेर्पाले बताए । प्रतियोगितामा चीन, भारत, अमेरिका, जर्मन, स्पेन, नेपाल, दुवइ लगायत दुई दर्जन बढी देशका २६ जनाले सहभागिता जनाएका थिए ।
प्रथम हुने महिला र पुरुषलाई क्रमस प्रथम, दृतीय र तृतीय हुनेलाई एक लाख , ५० हजार र २५ हजार रुपैयाँ नगद, मेडोल र प्रमाणपत्र वितरण गरिएको गरिएको थियो । प्रतियोगिताको डकुमेन्ट्री समेत तयारी गरी रेकर्ड कायम गराइने भिडियो निर्देशक फूर्वा शेर्पाले बताए ।
प्रतिक्रिया दिनुहोस !
