तीन पुस्ताले बनाएको नौ हजार बुद्धको मन्दिर

तीन पुस्ताले बनाएको नौ हजार बुद्धको मन्दिर

त्रिचन्द्र प्रतीक्षा

हाम्रो देश मन्दिरै मन्दिरको देशको रूपमा विश्वमा प्रसिद्ध छ। विशेषतः काठमाडौं उपत्यका विभिन्न सानाठूला मठमन्दिरले भरिएका छन्। ती मन्दिरका इतिहास केलाउने हो भने रोचक मात्र हैन, स्मरणीय पनि छन्। ललितपुरको एउटा मन्दिर निर्माणमा जुन कीर्तिमान कायम भएको छ, यस्ता मन्दिर नेपालमा विरलै होलान्। यो मन्दिर निर्माणमा तीन पुस्ताले काम गरेको इतिहास छ।

ललितपुर जिल्लाको महाबौद्ध टोलमा रहेको महाबौद्ध मन्दिर बनाउन तीन पुस्ता लागेको थियो भन्दा भाइबहिनीलाई अचम्म लाग्न सक्छ। पाटनका नेवारी पण्डित अभयराज शाक्यले विसं १६२२ मा उक्त बौद्ध मन्दिर निर्माण कार्यको प्रारम्भ गरे पनि काम नसकिँदै उनको निधन भएको थियो। अभयराजको निधनपछि उनका छोराहरूले निर्माणकार्य जारी राखे। निर्माण हुँदाहुँदै पाँच वर्षपछि उनीहरूको पनि मृत्यु भयो। यसको ३६ वर्षपछि अभयराजका नाति जीवराज शाक्यको पालामा यो मन्दिरको निर्माणकार्य पूरा भएको थियो।

बौद्धमार्गीका लागि प्रेरणास्रोत नै बनेको छ यो मन्दिर। यहाँ बुद्धका नौ हजार आकृति कुँदिएका छन्। तिब्बतबाट तीर्थयात्रा गर्न आउने धर्मावलम्बीले यस मन्दिरलाई ‘सांगे त्वँगु’ भन्छन्। तिब्बती भाषामा यसको अर्थ हुन्छ ‘नौ हजार बुद्ध भएको मन्दिर’ हो। यस मन्दिरलाई भारतीयले ‘सहस्र बुद्धको मन्दिर’ भन्ने गर्छन्।

विसं १६५८ मा निर्माण पूरा भएको यो मन्दिर विसं १९९० को महाभूकम्पबाट बच्न सकेन। भूकम्पबाट क्षतिग्रस्त भएको यो मन्दिरलाई ललितपुरवासीको सहयोगमा पुरानै ढाँचामा जीर्णोद्धार गरिएको थियो।

उपत्यकामा सानाठूला गरी लाखौंको संख्यामा मन्दिर र देवालय छन्। तीमध्ये बुद्धको यो मन्दिर बौद्धमार्गीका लागि प्रेरणास्रोत मात्र नभई पर्यटकका लागि आकर्षणको केन्द्र पनि बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.