संयुक्त जग्गाधनी पुर्जा बनाउने दम्पती बढ्दै

संयुक्त जग्गाधनी पुर्जा बनाउने दम्पती बढ्दै

गौर : रौतहटमा दुइ वर्षयता संयुक्त जग्गाधनी पुर्जा बनाउने दम्पती बढ्दै गएका छन्। सुकुम्वासी समास्या समाधान, महिला सशक्तिकरण बनाउने उद्देश्यले पति-पत्नीका नाममा धनीपुर्जा बनाउने कार्यक्रम जिल्लामा सञ्चालन छ।

जिल्लामा गएको दुई वर्षमा एक हजार भन्दा बढी दम्पतीले संयुक्त जग्गाधनी पुर्जा बनाइ सकेका छन्। यो अभियानलाई भूमि अधिकार मञ्चले सक्रियरुपमा अगाडी बढाएको छ। सरकारले २०६९ सालमा संयुक्त पुर्जाको अवधारणा ल्याएको थियो।

बजार क्षेत्रमा भन्दा ग्रामीण भेगमा बसोवास गर्ने पति-पत्नी संयुक्त पुर्जा बनाउन अग्रसर देखिएका छन्।

भूमि अधिकार मञ्चका रौतहट संयोजक अनुप माझी मुसहरले संयुक्त पुर्जाले महिला-पुरुष समान हुन भन्ने सन्देश दिने र दुवैजना जमिनको मालिक हुने हुँदा महिलाको आत्मबल बढ्ने विश्वास व्यक्त गरे।

जिल्लाको गुजरा नगरपालिका २ नया“बस्तीका ७३ वर्षीय रमनसिंह योञ्जन र उनकी पत्नी धनिमाया योञ्जन संयुक्त पुर्जा बनाएर जीवनको उत्तरार्धमा खुशी छन्।

धनीमायाले भनिन्, ‘ श्रीमानको नाममा तीन कट्टा जमिन थियो, अहिले संयुक्त नाममा गरेका छौं।'

पति-पत्नीमा विश्वासको वातावरण बन्ने, समान अधिकारको अनुभूति हुने, संयुक्त नाममा जमिन हुँदा घसायसी झैझगडा कम हुने, महिला पीडित हुनु नपर्ने संयुक्त पुर्जा बनाएका दम्पतीको भनाइ छ।

गुजरा नपा २ मा मात्रै २० भन्दा बढी दम्पतीले संयुक्त पुर्जा बनाएका छन्।

पति-पत्नीले मालपोत कार्यालयमा निवेदन दिएमा तत्काल दुवैको नाममा कार्यालयले जमिन दर्ता गर्दै आएको छ

जिल्ला मालपोत कार्यालय रौतहटका अधिकृत सिकेन्द्र साहले पछिल्ला वर्षमा संयुक्त पुर्जा बनाउने दम्पती बढ्दै गएको जानकारी दिए।

कार्यालयले दुवै जनाको नाममा जमिन दर्ता गर्नका लागि एक सय रुपैयाँ मात्रै शुल्क तोकेको छ। रौतहटमा एकदेखि १५ कट्टासम्म जमिन भएका दम्पतीले संयुक्त पुर्जा बनाएको पाइएको छ।

भूमि अधिकार मञ्च रौतहटले चन्द्रपुर, गुजरा, बृन्दाबन, फतुवा विजयपुर नगरपालिकाको ५८ वटा टोलमा समूह बनाएर संयुक्त पुर्जा बनाउने अभियान सञ्चालन गर्दै आएको छ।

मनहर्वाटोलका अनिल माझी मुसरहले आफ्नो नाममा रहेको जमिनलाई पत्नी सलिनादेवी मुसहरको नाममा पनि संयुक्त रुपमा दर्ता समेत दर्ता गरेका छन्।

मुसहर दम्पती जस्तै यो टोलमा दुई दर्जन भन्दा बढी पति-पत्नीले पुर्जा बनाएका छन्।

दुवैजनाको नाममा जमिन दर्ता भएपछि सलिनादेवीले आफू पनि जमिनको मालिक भएको भन्दै खुशी व्यक्त गरेकी छन्।

दुई वर्षअघिदेखि नै सरकारले पति-पत्नीको नाममा संयुक्त पुर्जा बनाउनेलाई प्रोत्साहन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.