सस्तोमा गहुँ बेच्न बाध्य

सस्तोमा गहुँ बेच्न बाध्य

धनगढी :   धनगढी उपमहानगरपालिका–१९ फूलबारीका किसान कल्लु चौधरीले एक साता पहिले स्थानीय गल्ला व्यापारीलाई गहुँ बिक्री गरे । कृषिमा आ िश्रत उनले परिवारको खर्च जोहो गर्न गहुँको सरकारी मूल्य नतोकिँदै गल्ला व्यापारीलाई बेचे । ‘छोराछोरी भर्ना गर्ने समय आयो कसलाई दररेट सोध्ने’, उनले भने, ‘नजिकै गल्ला व्यापारी छन् ।

प्रतिक्विन्टल दुई हजार पाँच सय रुपैयाँ दरले बिक्री गरें ।’ कैलारी गाउँपालिकाका किसान राजु चौधरीको भनाइ पनि यस्तै छ । सरकारी निकायबाट मूल्य निर्धारण र खरिद हुनेबारे केही थाह नभएको राजुको भनाइ छ । ‘सरकारले गहुँ खरिद गर्छ भन्ने सुनेको छु, जहिले पनि यिनै व्यापारीसँग बेच्दै आएको छु’, उनले भने । सरकारले मूल्य निर्धारण गर्नसम्म पर्खिने हो भने घर नै नचल्ने उनको गुनासो छ ।

सरकारी निकायबाट मूल्य निर्धारण हुँदा सरकारी र व्यापारीबीच मूल्यमा प्रतिष्पर्धा हुने किसानको विश्वास छ । यसरी सरकारले समयमा नै मूल्य निर्धारण गरेमा मूल्य राम्रो पाउने उनको भनाइ छ । तर, हालसम्म मूल्य निर्धारण नहुँदा आफू निरास भएको किसान दिलबहादुर चौधरी बताउँछन् । सरकारले समयमै गहुँको मूल्य निर्धारण नगर्दा किसान समस्यामा पर्ने गरेका छन् । कृषि क्रान्तिका चर्का नारा दिइए पनि, मुलुकमा शासन व्यवस्था फेरिए पनि, आफूहरूले लागत अनुपात र श्रमको उचित मूल्य नपाएको किसानको दुखेसो छ ।

किसान न्यून मूल्यमा गहुँ बेच्न बाध्य भए पनि कृषि उपज खरिद गर्दै आएको नेपाल खाद्य संस्थानले अझै पनि मूल्य निर्धारण र खरिदको तयारी गर्न सकेको छैन । संस्थानको सेती अञ्चल कार्यालय धनगढीका प्रमुख प्रेमनारायण भण्डारीले केन्द्रीय कार्यालयबाट खरिदसम्बन्धी परिपत्र नआएकाले खरिदमा ढिलो भएको बताए । संस्थानले समयमा नै मूल्य निर्धारण नगरेपछि किसान खेती गर्दा लाग्ने लागत समेत उठाउन नसकेको गुनासो गर्दै आएका छन् । ‘किसानले गहुँ बेच्ने सिजन सकिँनै लाग्दा समेत मूल्य निर्धारण नगरिनु भनेको चरम लापरबाही हो, किसानले यो बेला गहुँ नबेचेर कहिले बेच्लान् ? किसान देव चौधरीले भने ।

टीकापुरका स्थानीय दिलबहादुर चौधरीले पनि सरकारी निकायबाट मूल्य निर्धारण नहुँदा बाध्यतावश न्यून मूल्यमा गहुँ बेच्नु परेको बताए । प्रतिक्विन्टल दुई हजार पाँच सय २५ मा बिक्री गरेको जानकारी गराउँदै उनले भने, ‘हामीजस्ता न्यून आयस्तर भएका किसानले यो बेला छोराछोरीलाई स्कुल भर्ना गर्न, कापी किताब किन्न र धानखेती तयारीका लागि बेच्र्नैपर्ने बाध्यता हुन्छ ।’

सरकारले समयमै गहुँको मूल्य निर्धारण नगर्दा किसान समस्यामा पर्ने गरेका छन् ।

खाद्य संस्थानको पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने संस्थानको धान र गहुँको खरिद कोटा घट्दो क्रममा छ । निर्धारित खरिद कोटा बमोजिम खरिद गर्न नसकेको पनि पाइएको छ । संस्थानको सेती अञ्चल कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२÷०७३ मा पाँच हजार क्विन्टल गहुँ खरिद कोटा निर्धारण गरेकामा तीन हजार क्विन्टल गहुँ मात्रै खरिद गरिएको छ । यस्तै, आव २०७३÷०७४ मा १० हजार क्विन्टल गहँु खरिद गर्ने भनी कोटा निर्धारण गरेकामा आठ हजार क्विन्टल खरिद गरिएको छ । चालु आर्थिक वर्षका लागि नौ हजार क्विन्टल खरिद कोटा तोकिएको छ ।

यस कोटाले संस्थानभन्दा पनि व्यापारीलाई फाइदा हुने किसानको भनाइ छ । संस्थाले समयमा नै गहँको मूल्य निर्धारण गर्न नसकेपछि व्यापारीले एकलौटी मूल्य निर्धारण गरी खरिद गर्ने गरेको धनगढी उर्माका किसान सुन्दरी चौधरीको भनाइ छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.