आगलागीबाट १० लाखको क्षती
दमक : झापाको शिव–सताक्षी नगरपालिका-११ दुधेमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।आगलागीबाट स्थानीय कृष्णबहादुर बजगाईको घर जलेको हो।उनको भान्सा घर पूर्णरुपमा जलेको छ।
साँझ साढे पाँच बजे खाना बनाउने क्रममा अचानक आगलागी भएको हो।आगलागीबाट सात पशु चौपायासमेत मरेका छन्।आगोले करिब दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागी स्थानीयबासी र दमकलको सहयोगमा साँझ नियन्त्रणमा लिइएको थियो।