विप्लवका सिरहा ईन्चार्ज उदयपुरबाट पक्राउ
गाईघाटः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सिराहाका जिल्ला ईन्जार्च उदयपुरबाट पक्राउ परेका छन् ।
बिहीबार त्रियुगा नगरपालिका–७ चुहाडेमा रहेको घरबाटै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले ईन्र्चाज अंकुल राउतलाई पक्राउ गरेको हो ।
सिरहा जिल्लाका ईन्चार्ज रहेका राउतलाई विशेष सुराकीको आधारमा घर आएको बेला पक्राउ गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी मेघराज अधिकारीले बताए ।
राउतमाथि विभिन्न आरोप लागेका निवेदन जिल्ला प्रहरी कार्यालयमा परेको डिएसपी अधिकारीले बताए । केही दिन अगाडि मात्र उदयपुरका जनसरकार प्रमुम जीतबहादुर पुलामी मगरलाई पक्राउ गरेको थियो ।