गाडी बन्द गर्ने ७ व्यवसायी धरानबाट पक्राउ

गाडी बन्द गर्ने ७ व्यवसायी धरानबाट पक्राउ

धरान  : गाडी बन्द गर्ने धरानका आधा दर्जन बढी  यातायात व्यवसायीलाई प्रहरीले पक्राउ  गरेको छ ।सार्वजनिक सवारी साधन बन्द गराएको अभियोगमा प्रहरीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापा, व्यवसायी राजन कट्टेल, राम परियार लगायतलाई पक्राउ गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले गाडी बन्द गर्नेलाई पक्राउ गरी कारवाही  गर्न निर्देशन दिए लगत्तै धरानका यातायात व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । उनले  सार्वजनिक यातायातका साधन बन्द गरी सर्वसाधारणलाई दुःख दिएको अभियोगमा यातायात व्यवसायीहरुलाई पक्राउ गरिएको बताए ।

उनले पक्राउ परेका व्यवसायीविरुद्ध  मुद्दा लगाउने विषयमा माथिल्लो निकायससँग राय माग्ने काम भइरहेको बताएका छन् । प्रहरीले पक्राउ गर्न थालेपछि यातायात व्यवासायीबीच भाग दौड मच्चिएको छ । 

सार्वजनिक यातायात ठप्प पारेर जनतालाई दुःख दिएपछि गृहमन्त्रीले थापाले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै अत्यावश्यक सेवा संचालन ऐन २०१४ अनुसार गाडी संचालन नगर्ने व्यवसायीहरुलाई पक्राउ गर्न निर्देशन दिएका हुन् । ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.