प्रहरी सुरक्षामा बस सञ्चालन

प्रहरी सुरक्षामा बस सञ्चालन

इटहरी : प्रहरी राखेर पूर्वमा बस सञ्चालनमा ल्याइएको छ। सुरक्षा माग्दै आएका बस व्यवसायीलाई प्रशासनले सुरक्षा उपलब्ध गराएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए।

सुनसरीको इटहरीमा कार्यालय रहेको एरिना यातायातका बस सुरक्षाकर्मीले नै सञ्चालन गरेका हुन्। पूर्व झापाको लागि झण्डै आधा दर्जन बस गुडेका छन्। सर्वसाधारणलाई सजिलो होस् भन्नका लागि जोखिम मोलेरै भए पनि बस सञ्चालनमा ल्याएको एरिना यातायात प्रालिका सञ्चालक समिर कार्कीले जानकारी दिए।

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेतीले सुरक्षा माग्ने व्यवसायीलाई सुरक्षा उपलब्ध गराइने बताएका छन्। ‘सुरक्षा माग्नेलाई हामी सुरक्षा दिन्छौं, ढुक्क भएर बस सञ्चालनमा ल्याए हुन्छ,’ उनले भने, ‘सिण्डिकेटको पक्षमा लागेर बस नचलाउनेलाई समेत कारबाही गर्छौं।’

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.