सप्तरी र उदयपुरबाट सिन्डिकेट पक्षधर ६ जना पक्राउ

सप्तरी र उदयपुरबाट सिन्डिकेट पक्षधर ६ जना पक्राउ

मनोहर/भरत

राजविराज/गाईघाटः सप्तरी र उदपयुरबाट ६ जना सिन्डिकेपक्षधर यातायात व्यवसायी पक्राउ परेका छन् । सप्तरीबाट सगरमाथा यातायात संघका सचिव दिनेश साह, सदस्यहरु दिनेश गुप्ता र गजेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई यातायात संघको राजविराजस्थित कार्यालयबाट पक्राउ गरिएको हो ।

सिन्डिकेट कायम राख्न माग गर्दै सवारी साधनहरु ग्यारेजमा थन्क्याउने र सर्वसाधारणलाई दुःख दिने गरेकाले नियन्त्रणमा लिइएको सप्तरीका एसपी मुकेशकुमार सिंहले बताए ।

सर्वसाधारणको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हडताल गर्न नपाउने भन्दै गृह मन्त्रालयले बैसाख ११ गते जारी गरेको राजपत्रमा यातायात क्षेत्र लगायत १८ सेवामा अत्यावश्यक सेवा ऐन अन्तर्गत हड्ताल र बन्द निषेध क्षेत्र घोषणा गरेको छ । 

अत्यावश्यकीय वस्तुमा हडताल गर्ने व्यवसायीलाई तत्काल पक्राउ गरी सरकारले थुनामा राख्न सक्नेछ भने उनीहरुलाई ६ महिनादेखि पाँच वर्षसम्म जेल सजाय हुन सक्छ ।

प्रहरीहरुले बस तथा माइक्रो काउण्टरमा गई नचल्ने सवारी साधनहरुको नम्बर टिपोट गर्न थालेपछि यहाँस्थित प्रालिका बस र रात्री बस, टेम्पो र म्याजिक चल्न थालेका छन् । दिवा सेवाका सवारी साधन भने दिनभरी चलेनन ।

उदयपुरबाट तीनजना

उदयपुरमा यातायात सिण्डिकेटको विरोध गर्दै सार्वजनिक सवारी बन्द गर्ने ३ जना व्यवसायीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

गृहमन्त्री रामबहादुर थापाले गाडी बन्द गर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै प्रहरीले हिमाली यातायात व्यवसायी संघ उदयपुरका उपाध्यक्ष उमेश बस्नेत, कोषाध्यक्ष बिष्णु श्रेष्ठ र सदस्य शुरेस कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले जानकारी दिए । उनीहरुलाई जिप्रकामा राखिएको छ ।

सिडिओ कार्कीले सार्वजनिक यातायातका साधन बन्द गरी सर्वसाधारणलाई दुःख दिएको अभियोगमा यातायात व्यवसायीलाई पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई गरिने कारबाहीबारे माथिल्लो तहको निर्देशनपछि मात्र टुंगो गरिने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख डिएसपी मेघराज अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.