राप्तीका उपमेयरको घर नजिकै बम विस्फोट

चितवन: पूर्वी चितवनस्थित राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिकै बिहान बम विस्फोट भएको छ ।
शनिबार बिहान साढे ४ बजे ठुलो आवाजसहित उपमेयर लामाको घर नजिक बम विस्फोट भएको हो । बम विस्फोट हुँदा लामाको घरमा क्षति भएको छ ।
बम विस्फोटबाट नेपाल विद्युत प्राधिकरणको कार्यालयसमेत रहेको घरका झ्यालको सिसा फुटेको जानकारी लामाले दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले प्रेसर कुकर बम विस्फोट भएको जनाएको छ । बम विस्फोटपछि यसमा संलग्नको खोजी तीब्र पारिएको छ ।
बम विस्फोट भएको लामाको घर नजिकै एमाले नेता तथा चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभाका सदस्य सुरेन्द्र पाण्डेको घर पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
