मन्त्रीदेखि नेतासम्मले पत्रकारको चुनावमा मत खसाले

मन्त्रीदेखि नेतासम्मले पत्रकारको चुनावमा मत खसाले

राजविराज : मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक शनिबार भएको नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा प्रदेश मन्त्री, सांसद र नेताले समेत मतदानमा भाग लिएका छन्।

प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले राजविराजबाट मतदान गरेको निर्वाचन अधिकृत बैधनाथ झाले जानकारी दिए। उनीसँगै संघीय समाजवादी फोरम नेपाल प्रदेश २ का मुख्य सचिव शम्भु झा, जिल्ला प्रवक्ता बृजमान तामाङले राजविराजबाट मतदान गरेका छन्।

नेपाल पत्रकार महासंघको सदस्यसमेत रहेका मन्त्री साह मतदान गर्नकै लागि जनकपुरबाट शनिबार सप्तरी पुगेका हुन्। प्रदेश सभाको सदस्यमा उम्मेदवार बनेका नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष प्रकाश खतिवडाले समेत मतदान गरेका छन्।

यसैगरी प्रदेशसभाका सांसद रामआशिष यादव र सरस्वती चौधरीले धनुषाको जनकपुरस्थित महासंघमा पुगेर मतदान गरेका छन्। सांसद यादव पनि फोरमका नेता हुन्। चौधरी भने नेपाली काँग्रेसबाट समानुपातिक प्रदेशसभा सांसद हुन्। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट जितेका महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरी मण्डलले जलेश्वर शाखामा पुगेर मतदान गरे। 

नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणको अभियान चलाएको दाबी गरेपनि प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहमा निर्वाचित पदाधिकारीहरु मतदानमा सहभागी भएका हुन्। प्रदेश निर्वाचनमा प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र नेपाल प्रेस युनियनले सहकार्य गरी संयुक्त उम्मेदवारी दिएका छन्। प्रदेश २ मा संयुक्त समावेशी मधेसी पत्रकार गठबन्धनले प्यानल तथा फोरम आबद्ध पत्रकारले तीना पदमा उम्मेदवारी दिएका छन्।

आठ भौगलिक र दुई गैर भौगोलिकसहित महासंघको १० प्रदेशमा शनिबार मतदानको कार्यक्रम सञ्चालन गरिरहेको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.