क्रिकेट समर्थक समाजका कोषाध्यक्षको मृत्यु
काठमाडौं : मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) का कोषाध्यक्ष प्रमोद बज्राचार्यको मृत्यु भएको छ । उनको पछिल्लो साता दिन यता काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । घरमै मस्तिष्कघात भएपछि उनलाई टेकुस्थित काठमाडौं हस्पिटलमा भर्ना गरिएको थियो ।
आईसियूमा राखेर उपचार गर्दा समेत सुधार नआएपछि तीन दिनअघि मात्रै उनलाई बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सारिएको थियो । अस्पतालले शनिबार उनलाई मृत घोषणा गरेको हो । बज्राचार्य एनसिएसएसका संस्थापक मध्येका हुन् ।