प्रहरी हिरासतबाट निस्किएपछि सरोज सिटौलाले यसरी ढाँटे !

काठमाडौं : आइतबार साँझ प्रहरीसँग ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’भन्ने कागजमा हस्ताक्षर गरेर छुटेका यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवसायी निशर्त रिहा भएको भन्दै ढाँटेका छन्।
सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेको विरोधमा शुक्रबार देशभर यातायात साधन बन्द गरेपछि सिटौला राजधानीबाट पक्राउ परेका थिए। सार्वजनिक यातायातका साधन थन्क्याएपछि सिटौलासहित शुक्रबार र शनिबार देशभरबाट यातायात व्यवसायी महासंघका पदाधिकारी पक्राउ परेका थिए।
आइतबार महानगरीय प्रहरी परिसर, टेकुले महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्य, उपाध्यक्ष विजयबहादुर स्वाँर, बसन्त भण्डारी, किरण खड्का, धर्मराज रिमाल र महासचिव सरोज सिटौलालाई कागज गराएर छोडेको हो।
महाशाखाका प्रमुख धिरजप्रताप सिंहका अनुसार उनीहरुलाई कागज गराएपछि रिहा गरिएको हो। उता महासंघका महासचिव सिटौलाले भने आफूहरु बिनाशर्त रिहा भएको दाबी गरेका हुन्। सिटौलाले फेसबुकमा लेखेका छन्, ‘बिना सर्त रिया सबै साथीहरु। जय यातायात। हाम्रा देशभरीका व्यवसायीज्यूमा धन्यवाद ।’
सिटौलासहितका व्यवसायीले गरेको कागज
सिटौलाले फेसबुकमा के लेखे ?
प्रहरीले उनीहरुविरुद्ध अत्यावश्यक सेवा ऐन २०१४ अनुसार मुद्दा चलाउने तयारी गरेपछि सरकारको सर्त अनुसारको कागजमा सही गरेर रिहा भएका हुन्। यातायात व्यवसायीहरुले सिन्डिकेट खारेज गर्ने सरकारको निणर्यलाई अवज्ञा गर्दै शुक्रबार देशभर सार्वजनिक थन्क्याएका थिए। उनीहरुले वैशाख २७ देखि अनिश्चितकालीन हड्तालको घोषणा पनि गरेका थिए। शुक्रबार सरकारले व्यवसायिमाथि व्यापक धरपकड गरेपछि आन्दोलनका कार्यक्रम भने सबै फिर्ता लिएका छन्।
पढ्नुहाेस्
सरकार आक्रमक भएपछि पछि हटे व्यवसायी, यातायात सुचारु
गाडी बन्द गर्ने व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
पश्चिम यातायात बस व्यवसायी समितिका उपाध्यक्ष पक्राउ
गाडी बन्द गर्ने ६ व्यवसायी धरानबाट पक्राउ
प्रहरी सुरक्षामा बस सञ्चालन
लमजुङमा यातायात सेवा रोक्ने समितिका पदाधिकारी पक्राउ
पक्राउ पर्ने डरले पोखराका यातायात व्यवसायीको भागाभाग
सिन्डिकेट प्रतिस्पर्धाको दुश्मन हो, यसलाई नष्ट गर्नुपर्छ : बाबुराम
नयाँ बसपार्कबाट समितिका काउन्टर हटाइँदै, कम्पनीका राखिँदै
गाडी नचलाउने यातायात व्यवसायीको बैंक खाता रोक्का
२६ माइक्रोको रुट परमिट खारेज
प्रहरी खोरमा यातायात व्यवसायी (फोटो फिचर)
प्रतिक्रिया दिनुहोस !
