कोलकाताको लगातार दुर्भाग्य, मुम्बर्इसँग १३ रनले पराजित

कोलकाताको लगातार दुर्भाग्य, मुम्बर्इसँग १३ रनले पराजित

मुम्बर्इ: मुम्बर्इ इन्डियन्सले कोलकाता नाइट राइडर्सविरूद्ध १३ रनको जित दर्ता गरेको छ । आइतबार साँझ भएको इन्डियन प्रिमियर लिगको खेलमा कोलकातालार्इ हराउँदै मुम्बई इन्डियन्सले आर्इपीएलको प्लेअफमा पुग्ने सम्भावनालार्इ जीवितै राखेको छ। 

मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको मुम्बई इन्डियन्सको टीमले २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनायो । 

जवाफमा कोलकाता नाइट राइडर्सको टिम २० ओभरमा १६८ रनमै सीमित भएपछि १३ रनले पराजित भएको छ । कोलकाताको तर्फबाट रोबिन उथप्पाले सबैभन्दा धेरै ५४ रन बनाए । मुम्बईका लागि हार्दिक पन्ड्याले सबैभन्दा धेरै २ विकेट लिए । 

टस हारेर पहिले ब्याटिङमा उत्रेको मुम्बई इन्डियन्सले १८१ रन बनाउने क्रममा सूर्यकुमार यादवले सबैभन्दा धेरै ५९ रन बनाए । यसका अलाबा इभिन लुइसले ४३ रन बनाए । 

अन्तिमको ओभरमा हार्दिक पन्ड्याले राम्रो ब्याटिङ गर्दै २० बलमा ३५ रन बनाए । कोलकाता नाइट राइडर्सका लागि सुनील नरिन र आन्द्रे रसेलले समान २-२ विकेट लिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.